२० वर्षीय बोल्कायाले उछिन्ने मेस्सी, रोनाल्डो र नेइमारलाई, बने सबैभन्दा धनी फुटवलर


२९ श्रावण २०७५, मंगलवार
images cms image 000054108

काठमाडौं, २९ साउन । फोब्र्स पत्रिकाले भर्खरै सार्वजनिक गरेको तथ्याङ्कमाविश्वकै धनी फुटबलर शीर्ष स्थानमा बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी छन् ।

images cms image 000054108

दोस्रोमा युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो तथा तेस्रो स्थानमा पेरिस सेन्ट जर्मन ब्राजिलियन स्टार नेमार जुनियर छन् । मेस्सी, रोनाल्डो र नेमारको सम्पत्ति क्रमशः ११ करोड १० लाख अमेरिकी डलर, १० करोड ८० लाख अमेरिकी डलर तथा ९ करोड अमेरिकी डलर रहेको जनाइएको छ । तर यतिबेला मेस्सी, रोनाल्डो र नेमारलाई पनि पार्दै २० वर्षीय खेलाडी धनीको सूचीमा उदाएका छन् । प्रिमियर लिग क्लव लेस्टर सिटीको रिजर्भ टोलीबाट व्यवसायिक फुटबल खेल्ने २० वर्षीय ब्रुनाइका फेक बोल्काया विश्वकै सबैभन्दा धनी फुटबलर बनेका छन् ।
उनीसँग अमेरिकी नागरिकता समेत छ ।

यसअघि उनले चेल्सी र साउथ ह्याम्टनको युवा टोलीबाट समेत खेलिसकेका छन् । सन् २०१६ मा ३ वर्षका लागि लेस्टरसँग सम्झौता गरेका बोल्काया नेमारभन्दा २३ औं गुणा धनी छन् भने रोनाल्डोभन्दा १९ औं गुणा धनी छन् । त्यस्तै उनी मेस्सीभन्दा १८ औं गुणा धनी छन् । उनले फुटबल खेलेर कमाएको सम्पत्ति भने यो पक्कै होइन् । २ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बोल्काया पुर्खौली सम्पत्तिका कारण सर्वाधिक धनी बन्ने सौभाग्य पाएका हुन् । बोल्काया ब्रुनाईका शासक हसान बोल्कायाका भतिजा हुन् ।

उनी ब्रुनाइका धनाढ्य जेफ्रीका छोरा हुन् । उनीहरु विश्व अर्थतन्त्रमा मजबुत मानिएका तेल, पेट्रोल लगायतको व्यापार गर्छन् । बोल्काया ७ वर्षका हुँदा उनका पिताले उनलाई खुशी बनाउन त्यसबेलाका लोकप्रिय गायक माइकल ज्याक्सनलाई निजी रुपमा १ अर्ब ७८ करोड रुपैयाँ खर्चिदै ब्रुनाइ बोलाएका थिए । बोल्काया हाल ब्रुरुनाइ राष्ट्रिय टोलीका कप्तान समेत हुन् । २०१६ को अक्टोम्बरमा सिनियर टोलीमा डेब्यू गरेका मिड–फिल्डर बोल्कायोले ५ खेल खेल्दै १ गोल समेत गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७