विद्यालयको खानेपानीकाे ट्याङ्कीमा विष हालेको फेला, बिरामी १६ विद्यार्थीको उपचार हुँदै


२९ श्रावण २०७५, मंगलवार
government school

मोरङ, २९ साउन । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिउँदा मंगलबार बिहान १६ विद्यार्थी बिरामी परेका छन् ।

government school

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए ।

खानेपानी ट्याङ्कीको नजिकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए । घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४९१ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७