‘टुटलले बाइकरलाई रोजगारी र यात्रुलाई ‘डुअर टु डुअर’ सेवा दिइरहेको छ’


२९ श्रावण २०७५, मंगलवार
Sixit bhatta

प्रविधिको विकास र यसको बढ्दो प्रयोगका कारण अहिले नेपालमा समेत ‘अनलाइन’ व्यवसाय फस्टाउन थालेको छ । विगतमा सामान खरिद–विक्रीबाट शुरु भएको अनलाईन व्यवसाय अहिले सेवा प्रदानसम्म आइपुगेको छ । जसको उदाहरण बनेको छ–टुटल एप्सको सेवा । मानिसलाई आफूले चाहेको ठाउँमा सहज, सुरक्षित, भरपर्दो र शिघ्र समयमै गन्तव्यमा पुर्‍याउन सवारीसाधन र जनशक्ति उपलब्ध गराउन सहयोग गर्ने टुटल एप्सका माध्यम बनेका छन् शिक्षित भट्ट । अहिले यसले काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको छ । काठमाडौंको सार्वजनिक यातायात अस्तव्यस्त छ । भनेको समयमा गाडी नपाइने, पाए खुट्टा हाल्न नसकिने हुने र भनेको समयमा गन्तव्यमा नपुर्‍याउनेलगायतका समस्यालाई टुटल एप्स सेवाले सर्वसाधरणको दैनिकीमा सहजता थप्न सहयोग पुर्‍याएको छ । यस्तै समस्याबाट आजित हुने वा हतारै हुँदा ट्याक्सी विकल्पमा छ । ट्याक्सी गाडीभन्दा धेरै महँगो पर्ने हुँदा सबैले चढ्न सक्दैन् । यसैको विकल्पमा चर्चित बन्दै गएको छ–टुटल अर्थात् मोटरसाइकल ट्याक्सी । अंग्रेजी शब्द ‘टुटल’ मोबाइल एप्सको नाम हो । यसैमा जोडिएर मोटरसाइकलको पछाडिको सिटलाई उपयोग हुने गरेको छ । यसले बाइकवालालाई आम्दानी दिन्छ । यात्रुलाई सस्तोमा सेवा दिन्छ । अर्को चाँहि यसले ‘सेयरिङ कल्चर’ को पनि विकास गरिरहेको छ ।

डोटीमा जन्मिएका शिक्षित भट्टले डेढ वर्षअघि काठमाडौंमा टुटल सञ्चालनमा ल्याएका हुन् । सार्वजनिक यातायातबाट आजित यात्रुको रोजाईमा टुटल परेको छ । अहिले दैनिक दुई हजार जनाले टुटलको सेवा लिइरहेका छन् । सयौं मोटरसाइकल चालकले पूर्णकालीन रोजगारी पाएका छन् । हजारौं वाइकर टुटुलसँग जोडिएर फूर्सद समयलाई सदुपयोग गर्दै आम्दानीको स्रोत बनाएका छन् । दूरसञ्चार तथा इन्भेष्टमेन्ट बैंकको दुई लाखको जागिर छोडेर फरक काममा लागेका इन्जिनियर भट्टले फरक काम गर्ने जमर्को स्वरुप शुरुमा साझा यातायातलाई ट्याकिङ गर्ने एप्स बनाए । यसपछि उनको आँखा पुग्यो, मोटरसाइकल पछाडि खाली रहेको सिटमा । अनि बन्यो टुटल एप्स । अहिले धेरैको रोजाइमा परेको टुटलका कन्सेप्टमेकर शिक्षित भट्टसँग नयाँपेजका लागि प्रविन कुलुङ राईले गरेको कुराकानी :

१. तपाईको जन्म कहाँ भएको हो ?
मेरो जन्म नेपालको दुर्गम जिल्ला डोटीमा भएको हो ।

२. कस्तो परिवारमा जन्मनु भएको हो ?
म त एकदमै मध्यम वर्गीय परिवारमा जन्मेको हुँ । डोटी भन्ने वितिक्कै सबैलाई थाहा हुन्छ । कुन अवस्थाका मानिसहरुको बढी बसोबास छ ।

३. अनि तपाईको बाल्यकाल कसरी बित्यो ?
बाल्यकाल खासै यादै छैन । म सानै, आठ वर्षको हुँदा पढ्नलाई काठमाडौं आएँ । अनि यहिं बोर्डिङ्ग स्कुलबाट पढियो । यहिंबाट इन्जिनियरिङ्ग पनि कम्प्लिट गरें । त्यसपछि मैले एमबिए पनि गरें । त्यसै त्यसै गरी नै बित्यो भन्नु पर्‍यो ।

यो एप्स संसारका लागि खासै नौलो होइन तर, यो नेपालका लागि भने नयाँ र नौलो प्रयोग नै भन्नु पर्छ । यो सियरिङ्ग इकोनोमीको अवधारणा हो ।

४. अहिले तपाईले प्रयोगमा ल्याउनु भएको ‘टुटल’ निकै लोकप्रिय बन्दै गएको छ । यो एप्सको कन्सेप्ट चाँहि कसरी आयो ?
यो एप्स संसारका लागि खासै नौलो होइन तर, यो नेपालका लागि भने नयाँ र नौलो प्रयोग नै भन्नु पर्छ । यो सियरिङ्ग इकोनोमीको अवधारणा हो । आफूसँग रिसोर्स छ भने हामी त्यसलाई कसरी शेयर गर्ने । यसले सेवाग्राहीको सुरक्षा, समय बचत, अर्थको वचत गर्न सहयोग पुर्‍याइरहेको छ ।

५. तपाईले यो नयाँ अवधारणा ल्याउनु भयो ? यसमा के कस्ता खालका समस्या र वाधाहरु छन् ? केहि कानूनी वाधा व्यवधानहरु पनि छन् कि ?
समस्या र वाधाहरु भन्दा पनि हामीसँग त्यो उद्यामशिलतालाई अगाडि लैजानु पर्ने विधि र प्रणाली नेपालमा विकास भइसकेको छैन भन्दा उपयुक्त होला । जस्तै विदेशमा मैले टुटल सर्भिसको काम गरेको भए ४ वर्ष ट्याक्स फ्रिदेखि सबै सुविधा, यहाँसम्मकी इभेष्टमेन्ट (लगानी) समेत सरकारले गरिदिन्छ । यहाँ हामीसँग त केहि पनि छैन । तपाईले भनि हाल्नु भयो, यो एरियामा फलनाले यस्तो गर्छ, उस्तो गर्छ भन्ने कुराको अलत रुपमा चर्चा हुन्छ ।

नेपालमा यस्ता समस्याहरु नभएको होइन तर, हामी समस्याहरु मात्रै छ भनेर केहि पनि नगरी बस्ने हो कि समस्यालाई समाधान गर्दै अगाडि बढ्ने ? हाम्रो रेस्पोन्सिविलिटी दुईटा हुन्छ । म नेपालका किन बसें ? म संसारको जहाँ पनि हुन सक्छु, जहाँ गएर पनि म मेरो लाइफ मज्जाले बाँच्न सक्छु–त्यो एउटा अप्सन भयो । अर्को अप्सन चाँहि नेपालमै बसेर केहि गरेर सेवा र प्रविधि प्रयोगको अवस्थालाई चेञ्ज गरौं । हामीले दोस्रो अप्सन राज्यौं । हामीले सन् २०१७ बाट यो व्यवसाय शुरु गरेका हौं ।

६. यो एप्सबाट कतिलाई चाँहि रोजगारी दिइरहनु भएको छ ?
हाम्रो एप्समा झण्डै सात हजार जति ‘बाइकर’ आवद्ध हुनुहुन्छ । उहाँहरु सबैले रोजगारी पाएका छन् । त्यसमा पनि २५ सय जति पूर्णकालीन रोजगारी पाउनेहरु हुनुहुन्छ । सैयौं जनाले यसबाट जीविका चलाइ रहनु भएको छ । उहाँहरुले नेपालमै बसेर रोजगारी पाइरहनु भएको छ । उहाँहरुले घर परिवारसँगै बसेर महिनामा २५/३० हजारसम्म कमाइरहनु भएको छ ।

७.उनीहरुलाई रोजगार दिए वापत कस्तो प्रतिक्रियाहरु पाइरहनु भएको छ ?
उहाँहरुले आफ्नो जीविका चलाउन सक्नु भएको छ, आफ्ना बालबच्चाहरुलाई स्कुल पु¥याउन सक्नु भएको छ । एक जनाको हिजोअस्ती एउटा केस थियो । उहाँको श्रीमती चाँहि अस्पताल भर्ना हुनु भएको थियो यसैका कारण उहाँले श्रीमतीको उपचार गराउन सक्षम हुनुभयो । त्यस्तो सयौं स्टोरिजहरु छन् हामीसँग । जे होस् हामीसँग जोडिन पाउँदा उहाँहरु पनि खुशी हुनुहुन्छ ।

८. किन आफ्नो एप्सबाट रोजगारी पाइरहेकाहरुको तथ्याङ्क चाँहि अपडेट नगर्नु भएको तपाईले ?
एक्चुअल्ली यतिले नै ममार्फत काम गरिरहेका छन् भन्ने त्यस्तो डाटा त छैन तर, यो संख्या संयौंको संख्यामा छ । फेरि यसमा २४ सै घण्टा काम गर्नुपर्छ भन्ने पनि छैन । कोही विद्यार्थी होला उसले विहान दुई जना गन्तव्यमा पुर्‍याउने काम गद्र्ला, उसको खाजा खर्च आयो । कसैसँग केहि रोजगारी नै छैन उसले दशौं घण्टा गर्छ । फेरि कोही अन्य कामले गर्दा सेवाबाट निस्कने, अर्को समूह आउने भएका कारण पनि तथ्याङ्क अपडेट हुन सकिरहेको छैन । तर, यसलाई व्यवस्थित बनाउनु पर्छ भन्ने मलाई पनि लागिरहेको छ ।

९.अनि सेवा लिनेहरु नि कति छन् तपाईहरुको ?
ठ्याक्कै डाटा त मसँग छैन । तर, यो संख्या पनि हजारौंमा छ । यो क्रम विस्तारै बढ्दो छ । जे होस् हाम्रो सेवाबाट धेरै सन्तुष्ट हुनुहुन्छ । यो हाम्रो सफलता र उपलब्धी पनि हो ।
मानी लिऊ कसैसँग बाइक छ अब कामका लागि तपाईहरुसम्म आइपुग्ने माध्यम त चाहियो ।

१०.उनीहरु कसरी तपाईसम्म आइपुग्ने त ?
‘टुटल एउटा एप्स हो । यो सेवा प्रयोग गर्न स्मार्ट फोनमा ‘टुटल एप्स डाउनलोड गर्नुपर्छ । त्यसमा आफ्नो मोबाइल नम्बरलाई युजर नेम बनाएर खाता खोलिसकेपछि चाहेको स्थानमा ‘टुटलमा रजिष्टर भएका बाइकको सेवा लिन सकिन्छ । एप्समा आफू रहेको र पुग्ने ठाउँ उल्लेख गरेर ‘बुक गरेको छोटो समयमै त्यस स्थानमा उपलब्ध टुटल पार्टनर अर्थात् बाइकरले सम्पर्क गर्छन् । आफूलाई कति समयपछि सेवा चाहिएको हो, त्यही अनुसार पनि बुक गर्न सकिन्छ । एप्समा पुग्ने स्थानसम्मको दूरी, त्यसका लागि लाग्ने रकम पनि उल्लेख हुन्छ ।

यात्रुले टुटल र बाइकरले टुटल पार्टनर एप्स टुटलमार्फत सेवा दिन वा लिनको् लागि छुट्टाछुट्टै एप्स डाउनलोड गर्नुपर्छ । यात्रुको लागि टुटल एप्स छ भने बाइक हुने बाइकरले सेवा दिएर आम्दानी गर्न चाहेमा टुटल पार्टनर एप्स डाउनलोड गर्नुपर्छ । यसरी बाइकरले खाता खोल्दा लाइसेन्स नम्बर र त्यसको तस्बिर अपलोड गर्नुपर्छ । बाइक हुनेले टुटल पार्टनर एप्स डाउनलोड गरेर पूर्णकालीन वा आंशिक समय टुटलको सेवामा दिन सकिन्छ । एप्समा यात्रुले गरेको अनुरोध आउँछ । उक्त अनुरोध स्विकार गरेर सेवा दिन सकिन्छ । कार्यालय समयपछि आफूलाई पायक पर्ने ठाउँमा पनि सेवा दिन सकिन्छ । यसको लागि सोही अनुसार यात्रुले एप्समा उपलब्ध भएको अनुरोधलाई स्वीकार गरेर जानुपर्छ । यसरी हामीसँग आवद्ध बाइकरलाई हामी तालिम पनि दिन्छौं ।

११. तपाईको एप्समा कति जनाले चाँहि रजिष्टर्ड छन् त ?
हाम्रोमा सात हजार जति बाइकर रजिष्टर्ड हुनुहुन्छ । यसमा २५ सय जति पूर्णकालीन सेवामा हुनुहुन्छ ।

१२. अनि तपाईहरुको सेवा लिने चाँहि कस्ता मानिसहरु बढी छन् त ?
सेवा त सबै खालका मानिसहरुले लिइरहनु भएको छ । तर, ८० प्रतिशत चाँही दृष्टिविहीनहरुले हाम्रो सेवा लिइरहनु भएको छ । हाम्रो सेवा उहाँहरुका लागि सहज लागेर हुन सक्छ । किनकी हामी ‘डुअर टु डुअर’ सेवा दिन्छौं ।

१३. अनि ट्याक्सी हायर गर्नु र तपाईहरुको सेवा लिनुमा आर्थिक रुपमा तुलना गर्दै कस्तो अन्तर छ त ?
टुटल प्रयोग गर्दा सार्वजनिक यातायात कुरिरहनु नपर्ने, समयको बचत हुने र हत्तार हुँदा पनि ट्याक्सीको जस्तो महँगो भाडा तिर्न नपर्ने सुविधा छ । टुटलमार्फत् बाइकमा यात्रा गर्दा न्यूनतम ३ किलोमिटरसम्म ६० रूपैयाँ लाग्छ । तीन देखि ६ किलोमिटरसम्म प्रतिकिलोमिटर १८ रूपैयाँ र त्योभन्दा बढी भएमा प्रतिकिमी २५ रूपैयाँ लाग्छ ।

उपत्यकामा सञ्चालित यो सेवा बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म चल्छ । यो सेवा दिएबापत बाइकरले ८० प्रतिशत रकम लिन्छ भने टुटलले २० प्रतिशत लिने गरेको छ । बाइकर र यात्रुले मोबाइल एप्समार्फत नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै पनि कारोबार गर्न सकिन्छ ।

उपत्यकामा सञ्चालित यो सेवा बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म चल्छ । यो सेवा दिएबापत बाइकरले ८० प्रतिशत रकम लिन्छ भने टुटलले २० प्रतिशत लिने गरेको छ । बाइकर र यात्रुले मोबाइल एप्समार्फत नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै पनि कारोबार गर्न सकिन्छ । टुटलका धेरै प्रयोगकर्ता चाहिं दृष्टिविहीन छन् ।

‘ट्याक्सी महँगो हुने, सार्वजनिक यातायात ‘डोर टु डोर’ नहुने भएका कारण त्यसको विकल्प टुटल भएको छ । ढोकाबाट ढोकामै पुराई दिने भएका कारण पनि दृष्टिविहीनले टुटलको सेवा रुचाएको पाएका छौं । त्यसैगरी सेवा लिनेमा महिला पनि बढी छन् । महिलाको लागि महिला चालक समेत टुटलले व्यवस्था गरेको छ ।

१४. तपाईहरुको यो सेवाकोे खासै एड भएको पाइँदैन आखिर किन होला ?
हो, हामी प्रचारमा भन्दा पनि भरपर्दो सेवा दिनेतर्फ बढी केन्द्रित भएका छौं । हामीले राम्रो सेवा दिन सकेको खण्डमा सेवाग्राही खुशी हुन्छन् । उनीहरुकै माध्यमबाट थप सेवाग्राही हामीसँग जोडिन्छन् । अहिले हामीले व्यवसायलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुराहरुको अध्ययन गरे समय बढाउने सोंच र तयारीमा छौं ।

१५.तपाईहरुले शुरु गरेको यो व्यवसाय र अभियान अब कसरी विस्तार गरेर लैजाने सोंचमा हुनुहुन्छ ?
अबको योजना भनेको के हो भने नेपालमा यतिका मान्छे बेरोजगार छन्, कोहीसँग मोटरवाइक छ भने उसले हामीसँग आवद्ध भएर आमदानी गर्न सक्छन् । अहिले पनि दुई हजार जना नेपाली रोजगारीका लागि विदेश गइरहेका छन् । अस्ती म दोहा जाँदा त्यहाँ धेरै नेपाली दाजुभाइ शौचालय सफा गरिरहनु भएको देखें ।

तपाईलाई कस्तो लाग्छ, मलाई त एकदमै नरमाइलो लाग्छ । मैले त्यहाँ उनीहरुसँग कुरा पनि गरेको थिएँ, कति पैसा कमाइरहनु भएको छ ? उनीहरुले भनेका थिए– महिनामा २० हजार रुपैंयाँ । यदि नेपालमै केहि गर्ने जाँगर र योजना बनाउने हो भने २० हजारका लागि तातो मरुभूमिमा पसिना बगाउनु पर्दैन । हेर्नुस् अहिले पनि प्रत्येक दिन ६ देखि ८ वटा नेपालीको लाश विदेशबाट आउँछ । यसले नेपालमा रोजगारीको अवस्था र नेपालीको दूरदशालाई छर्लङ्ग पार्छ । अहिले देशको आर्थिक काँचुली फेर्ने जनशक्ति सबै विदेश गएको छ । त्यो एउटा पाटो भयो । अर्को, जो मान्छे पढे लेखेका छन् उनीहरु पनि विदेश जान्छन् र गइरहेका छन् । त्यत्रो मान्छेलाई यहाँ हामीले रोजगारी सिर्जना गर्नुछ ।

सरकारले पाँच लाखलाई रोजगारी दिने योजनाको कुरा गरिरहेको छ । सरकारले हामीलाई थोरै मात्र सपोर्ट गर्ने हो भने ५० हजार रोजगारी त हामी नै सिर्जन गर्न सक्छौं ।

सरकारले पाँच लाखलाई रोजगारी दिने योजनाको कुरा गरिरहेको छ । सरकारले हामीलाई थोरै मात्र सपोर्ट गर्ने हो भने ५० हजार रोजगारी त हामी नै सिर्जन गर्न सक्छौं । त्यसले टुटललाई रोजगारमुलक बनाउँदै कसरी विस्तार गर्ने, अन्यरु शहरहरुमा कसरी पु¥याउने भन्ने योजनाहरु हामी बनाई रहेका छौं ।

१६.सरकारले तपाईहरु जस्तो उद्यमीलाई के गरिदिए हुन्थ्यो जस्तो लागिरहेको छ ?
सरकारले होइन, सरकारले केहि गर्नु पर्दैन, मात्र फेसिलिटी गरिदिए पुग्छ । सरकारले गर्ने भए त प्रोभाइभमेन्ट हुनुपथ्यो, त्यहि नगरेकाले त गभर्मेन्ट भएको हो । सरकारले उद्यमशिलता विकास गर्ने वातावरण बनाई दिने हो । जब गभर्मेन्टले क्रिएट गर्छ कि उद्यमीहरुले ? म सात वर्ष टेलिकममा काम गरें । त्यसपछि पाँच वर्ष बैंकमा काम गरें । दुई लाख रुपैंयाँ त मेरो स्यालरी थियो । म किन ती सब छोडेर आएँ ? एउटा बैंकको म्यानेजरको पद, त्यो पनि नेपाल इभेष्टमेन्ट बैंक, आखिर किन ? किनभने हामीले चेञ्ज ल्याउन कोशिस गरेनौं भने कसले गर्ने त भन्ने मनमा जग्यो। यसैले देशमा केहि गरौं भनेर लागिपरेका हामीलाई सरकारले वातावरण बनाई दिने र उत्साहित बनाई दिने काम गर्नु पर्छ कि पर्दैन ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७