ओली सरकारको परीक्षा लिने माष्टरहरुलाई पाप नलागोस्ः योगेश भट्टराई


३० श्रावण २०७५, बुधबार
yogesh

काठमाडौं, ३० साउन । केपी शर्मा ओलीको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिकाटिप्पणी भइरहेका छन् । यसैक्रममा अर्धबार्षिक अवधिका सरकारका कामकारबाहीको विश्लेषण गर्दै सरकार जष्ट पासमात्र भएको भन्ने खालका कुराहरु आइरहेका छन् ।

अर्धवार्षिक परीक्षामा ओली सरकार जष्ट पास भएको कुराका बारेमा नेकपाका युवानेता योगेश भट्टराईको टिप्पणी भने फरक छ । उनले सामाजिक संजाल फेसबुकमा सरकारलाई जष्ट पास मात्र भन्नेहरुलाई लक्षित गर्दै लेखेका छन्ः कपी जाँचकीले आफू निष्पक्ष भएको आधार र उत्तरपुस्तिकामा अंक दिएको आधार के हो त्यो सार्वजनिक गर्नु राम्रो हुनेछ भनेका छन् । नेकपाका स्थायी समिति सदस्य भट्टराईको ७ बुँदे टिप्पणीः
१. फेल त भएन नि ? चिट नचोरी पास भएको त हो नि । नक्कली प्रमाणपत्र देखाएर जागिर खाने जमानामा यो त सक्कली प्रमाणपत्र नै हो नि ।
२. कपी जाँच्ने मस्टरप्रति कुनै आग्रह नराखी, उनलाई शंकाको सुबिधा दिएर आउने परीक्षामा रामो गर्न थप मेहनत गर्नु राम्रो ।
३. कपी जाँचकीले आफू निष्पक्ष भएको आधार र उत्तर पुस्तिकामा अंक दिएको आधार केहो त्यो सार्वजनिक गर्नु राम्रो हुनेछ ।
४. अंक दिने फैसला एकल बेन्चबाट भयो की संयुक्त बेन्चबाट ? त्यस्को पारदर्शिता के हो ?
५. पुनर्याेग र पुनः जाँचको ब्यबस्था पनि त होला नि ?
६. कपी जाँच्ने शिक्षक सम्पूर्ण रुपमा स्वतन्त्र थियो ? वा उसलाई कुनै पूर्व संकेत पो गरिएको थियो कि ?
७. सारमा बिद्यार्थी निरास र उत्तेजित हुनेछैन । बरु प्लस एका लागि नयाँ ढंगले मेहनत गर्नेछ ।
मास्टरहरुलाई पाप नलागोस्, धन्यवाद ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७