विद्युत प्राधिकरणको नाफा ४८ करोड घट्यो


३० श्रावण २०७५, बुधबार
nepal bidhut pradhikaran

काठमाडौं, ३० साउन ।  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष ९२०७४ ७५ मा० ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो ।आजको कारोबारमा समाचार छ ।

यो रकम अघिल्लो आर्थिक बर्ष २०७३ ७४ को भन्दा ४८ करोड कम हो ।  आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो ।

अघिल्लो आर्थिक बर्षमा पछिल्लो १७ बर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७