इटलीको जेनोआ शहरीमा पुल भत्किँदा ३५ जनाको मृत्यु


३० श्रावण २०७५, बुधबार
102969879 italy bridge

काठमाडौं, ३० साउन (एजेन्सी) । इटलीको जेनोआ शहरमा रहेको एउटा पुल भत्किँदा ३५ जनाको मृत्यु भएको छ । शहरको उत्तर पश्चिममा रहेको एउटा प्रमुख राजमार्गको पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको बिबिसिले जनाएको छ ।

आँधीबेहरी आएको बेला पुल भत्केपछि ३० वटा भन्दा बढी गाडीहरु पुलसंगै भुईंमा बज्रेको थिए । प्रत्यक्षदर्शीहरुले कैयौं मानिसहरु मोटरभित्रै चेपिइरहेको हुनसक्ने जनाएका छन् ।

उद्धारकर्ताहरुले मोटर तथा भग्नावशेषभित्र चेपिइरहेको हुनसक्ने ठानिएका मानिसहरुको खोजी गरिरहेका छन्। कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ।

स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको समाचारहरुमा जनाइएको छ। सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो

एकजना प्रत्यक्षदर्शीले चट्याङ्ग परेका कारण पुल भत्किएको बताए । सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो।

प्रत्यक्षदर्शीहरुले खिचेको भिडिओमा भारी वर्षातका बेला पुललाई अड्याइ राखेको एउटा टावर भत्किएको देख्न सकिन्छ ।

मोटरहरु र अरु भग्नावशेष झण्डै ९० मिटर तल रेलवे ट्याक, भवन र नदीमा खसेका थिए। इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन्।

यातायात मन्त्री डानिलो तोनिनेलीले सो दुर्घटना एउटा ‘भयानक त्रासदी’ भएको बताए। फ्रान्सले कुनै पनि खाले सहयोग गर्न आफु तत्पर रहेको जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७