फेक ‘रेस्क्यु’ मा १७ कम्पनीलाई कार्वाही, पर्यटकलाई आफै बिरामी बनाएर रेक्क्यु ‘धन्दा’


३० श्रावण २०७५, बुधबार
fake Rescue

काठमाडौं, ३० साउन । नेपालको हिमाली क्षेत्र घुम्न आएका पर्यटकहरुको रेक्क्यु (उद्धार) का नाममा पर्यटनसँग सम्बन्धित कम्पनी र अस्पतालहरुको मिलेमतोमा कतिसम्म रकम कुम्ल्याउने काम भइरहेको छ भने यस्ता ‘फर्जी रेस्क्यु’ का घटना नियाल्दा छर्लङ्ग हुन्छ ।

fake Rescue

उच्च हिमाली भेगमा लेक लागेका बिरामीको उपचार खर्च कतिसम्म लाग्ला ? बेंसी झार्दा पनि निको भइहाल्ने यस्ता बिरामी पर्यटकबाट काठमाडौंका प्रतिष्ठित अस्पतालले ६० लाख रुपैयाँसम्म उपचार खर्च बिमाबाट दाबी गरेको तथ्य फेला परेको छ ।

एउटा चार्टर सेवा दिने कम्पनीले २०७२ भदौमा काठमाडौंबाट हुम्लाको सीमा हिल्सा पुगेर आठ घण्टा हेलिकप्टर उडानबाट एक जना पर्यटक उद्धार गरे बापत २० लाख रुपैयाँ बिमाबाट लिएको पनि भेटियो । तर, छानबिन समितिले त्यस समयमा त्यस कम्पनीले कुनै पनि पर्यटक उद्धार गरेको रेकर्ड फेला पारेन ।

पर्यटकलाई ‘बिरामी’ बनाएर गरिएको हेलिकप्टर उद्धारमा ६० लाखसम्मको उपचार खर्च र ६३ लाखसम्मको उद्धार उडान बापत बिमा दाबी गरिएको देखिन्छ । पर्यटकलाई बिरामी पारेर अस्पताल र हेलिकप्टर कम्पनीले मिलेर विदेशी बिमा कम्पनीबाट रकम कम्ल्याउने यी पर्यटन क्षेत्रका केही उदाहरण मात्रै हुन् । यस्तै विवरणसहित ७ सय पृष्ठको छानबिन प्रतिवेदन यतिबेला पर्यटन मन्त्रालयले थप अनुसन्धान र कारबाहीका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत थप चारवटा निकायलाई बुझाएको छ ।

प्रतिवेदनअनुसार नेपाल घुम्न आउने पर्यटकलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टरमार्फत ‘फर्जी उद्धार र उपचार गर्ने’ केही एजेन्सीले हेलिकप्टर कम्पनी तथा अस्पतालसँग मिलेर विदेशी बिमा कम्पनीबाट वर्षौंदेखि करोडौं रुपैयाँ असुल्दै आएको प्रतिवेदनले औंल्याएको छ । त्यति मात्रै होइन, उद्धारमा संलग्न ट्राभलर टुर, रेस्क्यु एजेन्सीहरूले एक पटक एक जना विदेशी पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गर्दा ५० हजार युरो (९६३ लाख) रुपैयाँसम्म बिमा दाबी गरेको भेटिएको छ ।

विदेशी सञ्चार माध्यममार्फत यस्ता विषयबारे बारम्बार लेख प्रकाशित हुन थालेपछि छानबिन गर्न सरकारले जेठ अन्तिम साता पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सन् २०१५ देखि २०१८ मेसम्म भएका ७ हजार ५ सय ५५ वटा हेलिकप्टर उद्धार उडानमाथि छानबिन गर्दा यस्तो फर्जी धन्दा खुलेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७