राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारको चासो


३० श्रावण २०७५, बुधबार
BKC CM Pokharel Discuess Development Butwal RSS1
k|b]z % df lgdf{0fflwg cj:yfdf /x]sf /fli6«o uf}/jsf cfof]hgfsf] k|ult laj/0fsf af/]df cfof]hgf k|d’vx?;Fusf] 5nkmn sfo{qmddf hfgsf/L lng’x’Fb} d’Vo dGqL z+s/ kf]v/]nnufot dGqLx? . t:jL/ M e/t s]=;L=, a’6jn, /f;;


 

–भरत केसी
बुटवल, ३० साउन । राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ ।

मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिका सम्बन्धमा आयोजना प्रमुखसँग जानकारी लिए । उनले ती आयोजना निर्माण समयमै सम्पन्न गर्न के गर्न सकिन्छ भन्नेबारे आयोजना प्रमुखहरूसँग छलफल गरेका छन् । 

प्रदेश नं ५ का सबै मन्त्री र सचिवसमेतको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले आयोजनाका प्रमुखसँग आयोजनामा अहिलेसम्म भएको काम, खर्च, बाँकी काम र परियोजना सम्पन्न गर्न लाग्ने समय तथा रकमका सम्बन्धमा जानकारी लिएको थियो ।

प्रदेश नं ५ मा राष्ट्रिय गौरवका आयोजनाका रूपमा रुपन्देहीमा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि विगत चार दशकदेखि सञ्चालित लुम्बिनी गुरुयोजना, बर्दिया र बाँकेका जमीनमा सिँचाइ सुविधा पु¥याउन स्वदेशको पानी स्वदेशमै प्रयोग गर्ने मुख्य आयोजनाको रूपमा रहेको बवई सिँचाइ आयोजना, बाँके र बर्दियाका जमीनमा सिँचाइ तथा जलविद्युत् उत्पादन गर्ने बहुउद्देश्यीय आयोजनाको रूपमा रहेको भेरी बवई डाइभर्सन आयोजना तथा तराईका जिल्लालाई सडक यातायातको सञ्जालसँग जोड्न सञ्चालित हुलाकी राजमार्गजस्ता महत्वपूर्ण आयोजना सञ्चालित छन् ।

मुख्यमन्त्रीसँगको छलफलमा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले विमानस्थलको निर्माणको अवस्थाबारे जानकारी गराएको थियो । उनले १० महिनाभित्र विमानस्थल सञ्चालन गर्ने गरी निर्माणको काम भइरहेको मुख्यमन्त्री पोखरेललाई जानकारी गराए। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अन्तर निकाय समन्वयको अभावले काम गर्न समस्या भएको शर्माको भनाइ थियो ।

आयोजना प्रमुख शर्माले मुआब्जाको करीब रु ६ अर्ब समयमै निकासा हुनुपर्नेमा जोड दिए । उनले विमानस्थल सञ्चालनको पद्धतिका बारेमा सरकारले ध्यान पु¥याउनुपर्ने बताए  ।

लुम्विनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले चार दशकदेखि निर्माणको क्रममा रहेको लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम पाँच वर्षभित्र सक्ने गरी काम भइरहेको जानकारी दिए । उनले गत आवमा गुरुयोजनाको ९९ प्रतिशत वित्तीय प्रगति र शतप्रतिशत भौतिक प्रगति भएको विवरण प्रस्तुत गरे ।

गत आवमा सरकारले लुम्बिनी गुरुयोजनाका लागि रु ७१ करोड ९४ लाख विनियोजन गरेको थियो । उनले लुम्बिनीको विकासमा स्थानीयसँगको सम्बन्ध सुमधुर बन्न नसक्नु, लुम्बिनी क्षेत्रमा जथाभावी भौतिक संरचना निर्माण हुनु तथा लुम्बिनीलाई जोड्ने सडकको अवस्था कमजोर र वातावरणमैत्री नहुनु समस्याको रूपमा रहेको उल्लेख गरे ।

बवई सिँचाई आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठ, सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ इन्जिनियर प्रवीण श्रेष्ठ, भेरी बबइ डाइभर्सन आयोजनाका प्रमुख ओमप्रकाश पुडासैनीलगायतले आयोजनाका अहिलेसम्मको प्रगति र काम गर्दाका समस्या सम्बन्धमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएको थियो ।

आयोजनाको समग्र जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिको रूपमा प्रदेश सरकारले कृषिलाई मुख्य आधार बनाएकाले भेरी बबइ डाइभर्सन, बबइ सिँचाइ आयोजनाजस्ता महत्वपूर्ण ठूला आयोजना बाँके, बर्दियाका उर्वर कृषिभूमिलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर प्रदेशलाई कृषिहबको रूपमा स्थापित गर्न महत्वपूर्ण हुने बताए। उनले पूर्व–पश्चिम हुलाकी सडक तराईका जनताको समृद्धिसँग जोडिएको आयोजना भएकाले यसको निर्माणमा राज्यको विशेष चासो रहको बताए । 

यस्तै लुम्बिनीमा पर्यटनमैत्री वातावरण नबनेसम्म पूर्वाधार विकासले मात्र आर्थिक समृद्धि असम्भव रहेको उनको भनाइ थियो । विकास कोषले स्थानीयलाई आर्थिक विकासको माध्यममा जोड्ने गरी कार्यक्रम अगाडि बढाउन सुझाव दिए ।

उनले राष्ट्रिय गौरवका रूपमा सञ्चालित महत्वपूर्ण आयोजनाको काम समयमा सम्पन्न गर्न सङ्घीय सरकार र प्रधानमन्त्रीको विशेष चासो रहेको बताउँदै प्रदेशमा सञ्चालित सबै आयोजनाको प्रतिवेदन सङ्घीय सरकारलाई पठाउने र समस्या भए समाधान गरी समयमा नै सम्पन्न गर्न पहल गर्ने बताए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७