बेरोजगार परिवारलाई अब सरकारले रोजगारीको ग्यारेन्टी गर्ने


३० श्रावण २०७५, बुधबार
1534307186job

काठमाडौं, ३० साउन । बेरोजगारी समस्याले देश आक्रान्त बनिरहेको बहस चलिरहेका बेला अब सरकारले नै बेरोजगार परिवारलाई रोजगारीको ग्यारेन्टी गर्ने भएको छ ।

1534307186job

सरकारले वर्षमा सय दिनको रोजगारी ग्यारेन्टी गर्ने भएको छ । कुनै पनि सदस्य रोजगार नभएको परिवारमा एक जना सदस्यलाई न्यूनतम सय दिनको रोजगारी दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिएका छन् ।

स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झौता गरी रोजगारी ग्यारेन्टीको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । यो कार्यक्रममा रोजगारी पाउनेले सरकारले तोकेको न्यूनतम ज्यालाको आधा रकम सरकारको तर्फबाट पाउने दाहालले जानकारी दिए । कार्यक्रमका लागि ३ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य श्रम उपभोक्ता संसदीय समितिको बैठकमा बोल्दै उनले रोजगारी नभएको परिवारको सदस्यलाई निर्माण, गैरसरकारी तथा अन्य क्षेत्रमा वर्षभर १ सय दिन रोजगारी दिने कार्यविधि बनेको जानकारी दिएका छन् । कार्यविधि मन्त्रिपरिषदबाट पारित हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७