अब सुत्केरी महिलालाई ९८ दिन विदा


३० श्रावण २०७५, बुधबार
sutkeri 1

काठमाडौं, ३० साउन । सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गरिरहेका महिलाले अब ९८ दिन सुत्केरी विदा पाउने भएका छन् ।

sutkeri

मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउने क्रममा संसदमा पेश भएको सुरक्षित मातृत्वसम्बन्धी विधेयकमा सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बुधबार संसदमा सैद्धान्तिक छलफलका लागि पेश गरेको उक्त विधेयकमा धारणा राख्दै सांसद पुष्पा भूषालले विधेयकको यो प्रावधान सुरक्षित मातृत्व संरक्षणका लागि अत्यन्तै महत्वपूर्ण भएको बताए ।

सांसद शशी श्रेष्ठले विधेयकमा धेरै राम्रा कुरा रहेको उल्लेख गर्दै कानुन कार्यान्वयमा जोड दिइन् ।
विधेयकमा चिकित्सकको सिफारिस भएमा थप एक महिना सुत्केरी सुविधा पाउने व्यवस्था गरिएको छ । संविधानको धारा ३८ मा महिलाको हकअन्तर्गत सुरक्षित मातृत्वसम्बन्धी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७