सिभिल बैंकको खुद मुनाफामा ८५.२० प्रतिशतले बढ्यो (सूचीसहित)


३० श्रावण २०७५, बुधबार
1493878659 civil bank 1

काठमाडौँ, ३० साउन । सिभिल बैंक लिमिटेडले आ.व.२०७४-७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले रु ६४.५० करोड खुद मुनाफा आर्जन गरेको छ ।
जुन गत वर्षको तुलनामा ८५.२०प्रतिशतको फड्को मारेको हो ।

 बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९प्रतिशतले घटेर रु. १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८प्रतिशतले बृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै रु. १६.९१ करोड आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८प्रतिशतले बृद्धि गरी रु. ४० अर्ब १ करोड संकलन गरेको छ भने कर्जा प्रवाह गत आ.व.को तुलनामा ३३.७१प्रतिशतले बृद्धि गरी रु. ३९ अर्ब ४६ करोड गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८प्रतिशतबाट घटेर २.६५प्रतिशत भएको छ ।

बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम रु ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम रु २९करोड ६७ लाख केही पुराना तथा ठूला बैंकहरु भन्दा पनि बढीे छ ।

आ.व. २०७४-७५को मसान्तसम्म २५०,००० भन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।

२०७४-७५को प्रमुख सुचकांकहरुको तुलनात्मक विवरण

ParticularsAshadh End 2075Asar End 2074Increment/(Decrement)% Change
Deposits40,012,670,88934,235,242,7765,777,428,11316.88%
Loans and Advances39,460,979,37929,511,612,8279,949,366,55133.71%
Real Estate Loan    1,433,416,736  1,483,788,880-50,372,143-3.39%
Home Loan upto NPR 15 Million1,776,801,1571,348,279,204428,521,95331.78%
Term Loan10,736,061,4679,034,576,1701,701,485,29718.83%
Overdraft Loan/TR22,039,031,20014,277,509,1337,761,522,06754.36%
Fees Income266,435,352201,926,81564,508,53731.95%
Forex Income169,142,20199,107,06470,035,13670.67%
Provision for Loss472,657,943680,861,084-208,203,141-30.58%
Write Back of Provision651,973,387463,990,143187,983,24440.51%
Net Profit645,011,353348,279,568296,731,78585.20%
Capital Fund20.65%18.82%
NPA %2.65%3.96%

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७