अनैतिक सम्बन्ध लुकाउन ससुरा–बुहारीले गरे नातीको हत्या


३१ श्रावण २०७५, बिहीबार

पर्सा, ३१ साउन । असारमा पर्साको बहुरदरमाईमा भएको आयोग साह हत्याकाण्ड अनैतिक सम्बन्ध लुकाउनका लागि गरिएको रहस्य पत्ता लागेको छ ।

images cms image 000054242

एक महिना लामो प्रहरी अनुसन्धानबाट आयोगको हत्या उनकै हजुरबुवा ताराचन्द साह र बुहारी रितादेबी साहले गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले ३१ असारमा बहुरदरमाई नगरपालिकाको बैरिया बिर्तामा रहेको पोखरी नजिक आयोगको शव फेला पारेको थियो । उनको घरदेखि ३ सय मिटर पर रहेको बाँसघारी नजिक शव भेटिएको थियो ।

पर्सा जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाएका ताराचन्द मृतक आयोगका हजुरबुबा र रितादेबी ठूलीआमा हुन् । अनुसन्धान अधिकारीका अनुसार हत्याको कारण ससुरा–बुहारीबीचको अनैतिक सम्बन्ध देखिएको छ ।

आयोगको शव फेला परेको स्थानदेखि नजिक रहेको बाँसघारीमा उनीहरुको सम्बन्ध भइरहेको बेला आयोग पुगेपछि उनको हत्या गरिएको अनुसन्धानमा खुलेको हो । प्रहरीसँगको बयानमा रितादेबीले हत्याको कारण खुलाएकी हुन् । ‘सम्पति र अबैध सम्बन्ध हत्याको कारण देखिएको छ’, पर्सा प्रहरी प्रमुख एसपी रेवती ढकालले भने, ‘आरोपीको भिडियो बयानसहितका सबुत अदालतमा बुझाएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७