‘इन्गेजमेन्ट’ गरिसकेका प्रियंका–आयुष्मानको बिहे नहुने


३१ श्रावण २०७५, बिहीबार
images cms image 000054243

काठमाडौं, ३१ साउन । लामो समयको प्रेमपछि बिहेका लागि ‘इन्गेजमेन्ट’ गरेका नायक आयुष्मान देशराज र नायिका प्रियंका कार्कीको अन्ततः यो वर्ष विहे नहुने भएको छ ।

images cms image 000054243
केहि समयअघि भएको फूलमालामा आयुष्मान देशराज जोशी र प्रियंका कार्की । तस्विर : फाइल

प्रियंका कार्कीले आफ्नो विवाहबारेमा पहिलो पटक मिडियालाई जानकारी गराउँदै आफूहरुको इन्गेजमेन्ट भए पनि तत्काल विहे नगर्ने बताएकी छन् । बुधबार काठमाडौंमा दालभात तरकारी चलचित्रको औपचारिक घोषणा कार्यक्रममा उपस्थित भएकी नायिका कार्कीले आफूहरुले देशैभरका शुभचिन्तकबाट शुभकामना र शुभेच्छा पाएको भन्दै खुशी ब्यक्ति गरिन् ।

आफूहरुको विवाह र सम्बन्धबारे धेरैलाई अझै अन्योल रहेको भन्दै उनले स्पष्ट हुन समेत आग्रह गरेकी छिन् । आयुष्मान र आफूबीच अर्को वर्ष विवाह हुने उनले बताइन् । अर्को वर्षको कुन महिनामा विवाह गर्ने भने खुलाएकी छैनन् । यो वर्ष आयुष्मान र आफू काममै व्यस्त भएका कारण विवाहका लागि उपयुक्त समय नजुरेको प्रियंकाको भनाइ छ ।

अमेरिकामा बस्ने भाइको विदा नमिल्दा यस वर्षको विवाह पछि सरेको उनले सुनाइन् । अर्को साल पक्का विवाह गर्ने बताएकी प्रियंकाले केही दिनअघि मात्रै सीमित कलाकार र आफन्तहरुको उपस्थितिमा नायक आयुष्मान देशराज जोशीसँग औंठी साटासाट गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७