भारतका पूर्व प्रधानमन्त्री बाजपेयीकाे स्वास्थ्य चिन्ताजनक


३१ श्रावण २०७५, बिहीबार
atal bajpeyee 1682018064823

नयाँदिल्ली, ३१ साउन । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक बनेको छ ।

९३ वर्षीय पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको उनी उपचाररत रहेको अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)ले जानकारी दिएको छ ।

बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छ । गुलेरिया तीन दशक बढी समय बाजपेयीको निजी चिकित्सक समेत रहिसकेका छन् ।

उनी सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उनी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आएका थिए ।

वाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वैंकया नायडु उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बिहानै अस्पताल पुगेका छन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि बुधबार साँझ नै अस्पताल पुगेका थिए ।

बाजेपेयी दुई पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका थिए । भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिन्छन् । भने तार्किक भाषणशैली लागि पनि उनको विशिष्ट परिचय छ । उनले १९९९ देखि २००४ सम्म प्रधानमन्त्री भनेका थिए । प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी एकमात्र गैर कंग्रेसी नेता पनि हुन्।

उनी त्यसअघि पनि सन् १९९६ मा एनडीएको तर्फबाट भारतका दशौं प्रधानमन्त्री बन्न सफल भएका थिए। तर, संसदमा बहुमत साबित गर्न नसकेपछि उनले १३ दिनमै राजिनामा दिनु परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७