सञ्चारकर्मी सिर्जना थापाको तीजको कोशेली ‘माइतीको आँगनी’ (भिडियोसहित)


३१ श्रावण २०७५, बिहीबार
koseli

काठमाडौं, ३१ साउन । सञ्चारकर्मी सिर्जना थापा (खनाल) तीज गीत लिएर दर्शक तथा स्रोता माझ आएकी छन् ।

koseli

‘माइती घरको आँगनी’ बोलको तीज गीतमा ढल्की–ढल्की नाचौँ भन्दै नव गायिका थापाले ल्याएको गीत दर्शक–स्रोतले युट्युबमा समेत हेर्न सक्ने छन् । गायिका थापाको आफ्नै स्वर, शब्द र संगीत गरेको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

तीजमा माइत जान पाउँदाको खुशीलाई गायिका थापाले गीतमार्फत प्रस्तुत गरेकी छन् । गीतको भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका छन् भने हरिनारायण चौधरी छाँयाङ्कन गरेका छन् । विवेक खड्काले सम्पादन गरेको भिडियोलाई दर्शकले युट्युबमा निकै नै रुचाएको पाइएको छ ।

थापाले २०५९–६० तिर लोकभाकाको ‘हिउँचुलीमा घाम’ एल्बममा समावेश ‘पाल्पा धैरेनी’ र २०६८ मा आफ्नै एल्बम ‘उड्यो हवाईजहाज’ को ‘तानसेन राम्रो टुँडिखेलैले र ‘सानु म त आएँ तिम्रो छेउँ’ बोलको गीत निकै चर्चित भएको थियो ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७