रहेनन् वाजपेयी : भारतको एक युगको अन्त्य


३१ श्रावण २०७५, बिहीबार
ATAL BIHARI वाजपेयी

नयाँ दिल्ली, ३१ साउन । भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । बाजपेयीको विहिबार उपचारको क्रममा दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा निधन भएको हो ।
वाजपेयीको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो। मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना भएका थिए । उनमा मिर्गौलाको सङ्क्रमण लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।

ATAL BIHARI वाजपेयी
अटल विहारी बाजपेयी


वाजपेयीको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो।मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना भएका थिए । उनमा मिर्गौलाको सङ्क्रमण लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।

Press note on Atal

भारतीय जनता पार्टीका एकजना संस्थापक वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।

एक युगको अन्त्य

Atal bihari vajpayee
अटल विहारी बाजपेयी


सन् १९२४ डिसेम्बरमा ग्वालियरको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका बाजपेयीको शिक्षादिक्षा ग्वालियरको तत्कालीन भिक्टोरिया कलेज तथा कानपुरको डीएभी कलेजमा भएको थियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपश्चात् बाजपेयीले पत्रकारिता पनि गरेका थिए । एक सरकारी स्कुल शिक्षकका छोरा वाजपेयीका बाल्यकाल अभावमै वितेको थियो। पत्रकारिताको दौरानमा उनले राष्ट्र धर्म, पाँचजन्य र वीर अर्जुन पत्रिकाको सम्पादन गरे।

सन् २००९ मा राजनीतिबाट सन्यास लिएको बेला उनी लखनऊका सांसद थिए । पहिलो पटक १९९६ मा १३ दिन प्रधानमन्त्री भएका बाजपेयी १९९८ देखि १९९९ सम्म प्रधानमन्त्री भए । यस्तै १९९९ देखि तेश्रो पटक २००४ सम्म भारतको प्रधानमन्त्री भए । भारत रत्नबाट सम्मानित उनी एउटा कवि, असल वक्त्ता र समावेशी राजनीतिका प्रर्याय थिए ।

उनको मृत्युसँगै भारतको एक युगको अन्त्य भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई श्रद्धान्जली दिदै एक युगको अन्त्य भएको बताएका छन् ।  एक प्रधानमन्त्रीको रूपमा उनको सबभन्दा ठूलो उपलब्धिमध्ये सन् १९९८ मा परमाणु बम परीक्षणलाई लिइन्छ ।

Atl vajpayee India Pm

उनको कार्यकालमा भएका अन्य महत्वपूर्ण घटनामा कारगिल युद्ध, लाहोर सम्मेलन, काठमाण्डूबाट दिल्लीको लागि उडेको इन्डिएन एयरलाइन्स विमानको अपहरण, सन् २००१ मा भारतीय संसद्मा भएको आतङ्कवादी आक्रमण तथा सन् २००२ मा गुजरातमा भएको हिन्दू–मुस्लिम दङ्गालाई लिइन्छ।

-बिबिसि हिन्दीको सहयोगमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७