‘मेरी मामु’को ट्रेलर सार्वजनिक (भिडियो)


३१ श्रावण २०७५, बिहीबार
meri mamu

ललितपुर, ३१ साउन । निर्माता सन्तोष सेनको निर्माण रहेको चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ ।

‘प्रेमगीत’, ‘प्रेमगीत २’ जस्ता सफल चलचित्र निर्माण गरिसकेका सेनले ललितपुरको जावलाखेल स्थित डिएभी स्कुलमा आयोजित कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन् ।

बाल मनोविज्ञानमा आधारित चलचित्रको ट्रेलरमा चलचित्र मुख्य कलाकार आयुव सेन फिचर छन् । सस्पेन्स थ्रिलर ट्रेलरमा एक बालक र आमाप्रतिको माया बोल्छ । यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।

चलचित्रमा लेखन पनि यमकै रहेको छ । यही आउँदो भदौ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा आयुवको साथमा शारुख ताम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङ लगायतका कलाकारको अभियान रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७