‘बिती जाने’मा हिमाल र अस्मिताको लोभलाग्दो प्रेम (भिडियो)


१ भाद्र २०७५, शुक्रबार
asmita

काठमाडौं, १ भदौ ।  गायक तथा मोडल हिमाल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘बिती जाने’ बोलको म्युजिक भिडियोमा उनले मोडल अस्मिता केसीसँग प्रेमिल दृश्यहरु दिएका छन् ।

गायनमा भने हिमाललाई चर्चित गायिका शशी रावलले साथ दिएकी छिन् । सुरेश राईको शब्द तथा संगीत रहेको गीतलाई  र्यापरबिन श्रेष्ठले एरेन्ज गरेका हन् । 

चलचित्र निर्देशनमा चर्चित नाम प्रसन्न पौडेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पोखरा र त्यस आसपासका सुन्दर दृश्यहरुलाई समेटिएको छ ।

भिडियोमा दुवैले गर्ने प्रेमिल क्रियाकलापले जोकोहीको पनि मन लोभ्याउँछ । विदुर पाण्डेले छायांकन गरेको दृश्यलाई काँटछाँट भने टेकेन्द्र शाहले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७