गायिका अरिथा फ्रान्कलिनको निधन


१ भाद्र २०७५, शुक्रबार
arethafranklin hero 814033614

एपी

न्यूयोर्क, ३१ साउन  । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई ‘क्वीन अफ सौल (आत्माकी रानी)’ को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७