अस्त–व्यस्त आरआर क्याम्पस बन्यो चिटक्क, हटाइयो सबै संगठनका बोर्ड


१ भाद्र २०७५, शुक्रबार

काठमाडौं, १ भदौं । विगतमा अस्त–व्यस्त जस्तै देखिने आरआर क्याम्पस अहिले चिटिक्क देखिएको छ । अहिले क्याम्पसमा राखिएका सबै विद्यार्थी संगठनका बोर्ड हटाइएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा क्याम्पसभित्रका सबै बोर्ड हटाइएको छ भने क्याम्पस सफाई गरेर चिटिक्क पारिएको छ ।

‘क्याम्पस भनेको पढ्ने र ज्ञान लिने थलो हो, यहाँ विद्यार्थी संगठनका बोर्डले अलिक फोहोर पनि देखिएको थियो त्यसैले सबै संगठनका बोर्ड हटाएका हौं’, आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंघ शाहीले भने, ‘सुधार हामी आफैंले गर्ने हो, त्यसैले सरसफाई र अनुशासनसहित हामीले आरआर क्याम्पसलाई नमूना क्याम्पस बनाउने अभियानमा छौं ।’

भदौ ४ गते क्याम्पस स्थापना दिवसको अवसरमा हुने कार्यक्रमलाई लक्षित गरेर स्ववियुले महानगरपालिकाबाट गाडी मगाएरै फोहोर ब्यवस्थापन गरेको हो । अब सफाई अभियानलाई नियमित बनाउने पनि सभापति शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७