‘अब अँध्यारो युग सकियो’

‘तीन वर्षभित्र १२ सय मेगावाट विद्युत् थपिन्छ’


१ भाद्र २०७५, शुक्रबार
kulman


काठमाडौं, १ भाद्र :  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश अब उर्जामा आत्मनिर्भर बन्ने बाटोमा गएको बताएका छन् । अब देशले कहिल्यै पनि अध्यारोको सहन नपर्ने उनको दाबी छ ।

kulman
कुलमान घिसिङ


विद्युत प्राधिकरणको ३३औँ वाषिकोत्सवका बोल्दै घिसिङलेसबैको सहकार्य र सक्रियताले नै प्राधिकरणलाई नाफामा लैजान सकिएको बताए । घिसिङले प्राधिकरणको वार्षीक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौति रहेको बताए ।

उनले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको पनि जानकारी दिए । प्राधिकरणले यस वर्ष एक अर्ब एक करोड कुद मुनाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले सो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पारे ।

‘तीन वर्षभित्र १२ सय मेगावाट विद्युत् थपिन्छ’

उनले दुईदेखि तीन वर्ष्भित्र १२०० मेगावाट थप विद्युत् उत्पादन बताए । माथिल्लो तामाकोशी सहितका निजी क्षेत्रका परियोजनाहरू सम्पन्न हुने क्रममा रहेकाले यो आर्थिक वर्ष्भित्रै ६०० मेगावाट विद्युत् प्रणालीमा थपिने उनको भनाई छ ।

कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्यमा सफलता मिलेको भन्दै प्रणाली सञ्चालनको सुधार तथा स्तरोन्नति र चुहावट नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित गर्ने बताए । अहिले विद्युत् प्रणालीको २०.४५ प्रतिशत चुहावट छ । यो अघिल्लो वर्ष २२.९ प्रतिशत थियो ।

कार्यकारी निर्देशक घिसिङले एकाध वर्षभित्र विद्युत् आपूर्ति ह्वात्तै बढ्ने बताए । अहिले निजी क्षेत्रको २३५६ मेगावाटका १०७ वटा आयोजना निर्माणाधीन छन् । यी आयोजनाहरूले पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने अनुमान छ ।

त्यस्तै, निजी क्षेत्रका १६५९ मेगावाटका ७४ आयोजना निर्माणका विभिन्न चरणमा छन् । विद्युत् प्राधिकरणले ४५२८ मेगावाट विद्युत् उत्पादन गर्ने २५६ परियोजनासँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको छ । प्राधिकरणका सहायक कम्पनीहरूले निर्माण गरिरहेका परियोजनाहरू पनि सकिने क्रममा छन् ।

नेपाल विद्युत् प्राधिकरणको ग्राहक संख्या हाल ३५ लाख ५० हजार पुगेको छ । देशभरिका ७० प्रतिशत जनता राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएको घिसिङले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७