बिरामीको मृत्युपछि दीघार्यु अस्पताल तनावग्रस्त


१ भाद्र २०७५, शुक्रबार
dirghau hospital 20180817111005

काठमाडौं, १ भदौ । एक बिरामीको उपचारकै क्रममा मृत्यु भएपछि आज (शुक्रबार) चाबहिलस्थित दीर्घायु अस्पताल तनावग्रस्त बनेको छ ।

dirghau hospital 20180817111005

बिरामीका आफन्तले चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
भक्तपुरकी ३५ वर्षीया सम्झना काफ्लेको बिहान ११ बजे उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनको बिहीबारदेखि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको थियो । निमोनिया र जण्डिस भएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् । बिरामीका आफन्तले बिहीबारदेखि अस्पतालले बिरामीसँग भेट्न नदिएको र एक्कासी मृत्यु भएको खबर सुनाएको भन्दै लापर्बाही भएको दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७