जुम्ल्याहा शिशुलाई शौचालयको खाल्डोमा हालेर मार्ने आमा पक्राउ


१ भाद्र २०७५, शुक्रबार
crime news photo 20180817102858

काठमाडौं, १ भदौ । जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा फालेर भागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

crime news photo 20180817102858
शौचालयको खाल्डोमा फालिएको शिशुलाई यसरी उद्धार गरिएको थियो । तस्विर : फाइल

ताप्लेजुङको पाथिभरा याङबरक–२ की कमला बिकलाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको हो । इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले उनलाई पक्राउ गरेको हो । डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ ।

जुम्ल्याहा छोरीलाई शौचालयको खाडलमा हालेर फरार भएपछि एक छोरीको शौचालयमै र अर्कीको उपचारका क्रममा मृत्यु भएको थियो । कमला एव र्षदेखि आमासँगै माइत बस्दै आएकी थिइन् । स्थानीयले शौचालयबाट उद्धार गरिएकी एक छोरीको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो । अर्की छोरीको शव भने स्थानीयले शौचालयमै डुबेको अवस्थामा फेला पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७