एसियाडको उद्घाघाटन समारोहमा अधिकारीले राष्ट्रिय झण्डा बोक्ने


१ भाद्र २०७५, शुक्रबार
kamal bahadur adikari

काठमाडौँ, १ भदौ । एशियाली खेलकूद (एशियाड) प्रतियोगितामा नेपालको तर्फबाट उद्घाघाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् ।

इण्डोनसियाको राजधानी जाकार्तामा गेलोरा बुङ कार्नो रङ्गशालामा एसियाडको १८औँ संस्करण भव्य समारोहबीच उद्धघाटन हुने समारोहमा अधिकारीले नेपालका झण्डा बोक्ने भएका हुन् ।

त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारी एशियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् । उनले जाकार्ता एसियाडमा ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

अधिकारीले सन् २००६ मा श्रीलङ्कामा आयोजना भएको दशौँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णपदक हासिल गरेका थिए । त्यसयता उनले ओलम्पिकमा पनि भाग लिँदै आएका छन् । एशियाडमा अधिकारीको यो लगातार चौथो पटक प्रतिस्पर्धा हो ।

गत वर्ष दक्षिण कोरियाको इन्चोनमा एशियन सिनियर कप र एशियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपमा छवटा कास्य पदक जितेका थिए । “नेपालको झण्डा बोकेर ४५ देशका खेलाडी तथा अफिसियलसमक्ष प्रस्तुत हुन पाउनु खुशीको कुरा हो” अधिकारीको भनाइ उद्धृत गर्दै राष्ट्रिय खेलकूद परिषद्का प्रशासकीय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी दिए।

एशियाडमा एशियाका नेपालसहित ४५ देशले विभिन्न ४२ खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपालले प्रतियोगिताको २९ खेलमा भाग लिएको छ । जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६) ले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७