तराईमा महिन्द्राका नयाँ थ्री ह्वीलर


२ भाद्र २०७५, शनिबार
1534504939mahindra4

काठमाडौं, भदौ १ महिन्द्रा टु ह्वीलर्स नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर ल्याएको छ। यो वातावरण मैत्री तथा सुरक्षित सवारीको रुपमा रहेकाले तराई भेगमा राम्रो बजार लिने कम्पनीको विश्वास छ।

कम्पनीले तराई क्षेत्रका बुटवल, भैरहवा, लाहान तथा विराटनगरमा यी नयाँ थ्री ह्विलर प्रस्तुत गरेको हो। इ–अल्फा मिनिले विभिन्न शहरहरुमा बसोवास गर्दै आएका नेपालीलाई आबद्ध गर्ने छ। यो एकपटक चार्ज गरे पछि ८५ किलोमिटर सम्म गुड्न सक्दछ।

२५ किलोमिटर प्रति घन्टाका दरमा कुद्न सक्ने क्षमता यसमा रहेको अग्नीले जनाएको छ। १ हजार वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० ए एच को व्याट्री लाग्दछ।

इ–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ, रुवस्ट बडी, फुल क्यानोपि, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, सिफ्टिङ्ग क्लच तथा चेसिस र ठूलो बस्ने क्याविन यसमा छ। यसमा बस्ने यात्रुहरुलाई सहजता एवं चालकलाई सुविधा मिल्ने कम्पनीको दावी छ। यो धेरै भारवाहन क्षमता, अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा चढ्न र चलाउन सहज रहेको कम्पनीको भनाइ छ।

सबै नयाँ इ अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारन्टी तथा ६ महिनासम्म निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७