मार्क्सले जंगबहादुरलाई किन भने, ‘बेलायती कुकुर’ ?


२ भाद्र २०७५, शनिबार
Karl

मार्क्सको बेलायती कुकुर जंगबहादुर र गोर्खा आन्दोलन

कार्ल मार्क्सले आफ्नो डायरीमा जंगबहादुर राणालाई बेलायती कुकुर भनेर खरो टिप्पणी गरेका छन् । मार्क्सको शेषपछि उनका सहयोद्धा एंगेल्सले प्रकाशन गरिदिएको उक्त डायरीमा उल्लेखित विचारहरु मार्क्सको ‘भारतीय इतिहासपर एक टिप्पणीयाँ’ नामको भारतको सन्दर्भमा लेखिएको पुस्तकमा पनि पढ्न पाइन्छ । नेपालका राणा शासक, शक्तिशाली प्रधानमन्त्रीलाई  ‘कुकुर’ भनेर किन लेखे होलान् ?

Karl
कार्ल मार्क्स

विश्व सर्वहारा श्रमजीवी वर्गका महान नेता तथा दार्शनिक कार्ल माक्र्स जंगबहादुरप्रति यति निकृष्ट शब्द प्रयोग गर्ने गरी किन आक्रोशित बने ? शोषित, पीडित श्रमजीवी जनताको मुक्तिको सिद्धान्तको प्रतिपादनमा लागिरहेका मार्क्सले करिब डेढ सय वर्ष अघिको नेपाली समाजमा उनको सिद्धान्तसँग ठ्याक्कै मेल खाने जनताका राष्ट्र प्रमुखसँग त्यतिबिघ्न रिसाउनु पर्ने कारण के बनेछ र हदैसम्म तल झरेर गाली गरेका होलान् भन्ने लाग्न सक्छ तर ब्रिटिस गोर्खा भर्तीको दुई सय वर्षको इतिहासलाई फर्केर समीक्षा गर्दै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) आन्दोलनको मोर्चालाई पनि मूल्याङ्कन गर्ने हो भने तथा नेपाली समाजको रुपान्तरणको बाधक राणा कालका नाइके जंगबहादुरप्रति डेढ सय वर्ष अघि मार्क्सले कटु आलोचना गरेको इतिहासलाई स्मरण गर्ने हो भने गेसो आन्दोलनको निशाना र मार्क्सको प्रहारमा कुनै तात्विक भिन्नता देखिन्न ।

ब्रिटिस साम्राज्य विस्तारका लागि बेलायतले गोर्खाली (नेपाली) युवाहरूलाई भर्ती गरेको थियो । गोर्खाली युवाहरूको इमान्दारीपूर्ण वीरताका कारण बेलायत–जर्मन युद्धमा जर्मन पराजित भएको थियो । सही अर्थमा त्यो जित गोर्खाली युवाहरूको जित त थियो तर, गोर्खालीका लागि नभएर ब्रिटिस साम्राज्यका लागि थियो । गोर्खाली युवाहरूलाई बेलायतले भाडाका सिपाहीका रूपमा प्रयोग गरेको थियो । ब्रिटिस साम्राज्य विस्तारका लागि लाखौं गोर्खाली युवाहरूलाई बेलायतको पाउमा सुम्पिने काम तत्कालीन नेपालका एकसय चार वर्ष शासन गर्ने राणा शासन नै थियो र त्यो मानवतावाद विरोधी कामका सूत्रधार जंगबहादुर राणा नै थिए । त्यसकारण मार्क्सले जंगबहादुर राणालाई आफ्नो डायरीमा कुकुरको संज्ञा दिएका हुन सक्छन् ।

Jung bahadur Rana
जंगबहादुर

बेलायतले गोर्खाली युवाहरूलाई जर्मन विरुद्धको युद्धमा मात्र प्रयोग गरेको थिएन कि जापान, इण्डोनेसिया, ब्रुनाई, मलेसिया (मलाया) लगायत संसारका करीब दुई दर्जन देशहरूसँगको युद्धमा ढाल बनाएर प्रयोग गरेको थियो । बेलायतले गोर्खाली योद्धाहरूलाई प्रयोग गरेर संसारका धेरै देशहरूमा आफ्नो उपनिवेश कायम गर्न सफल भएको थियो ।

बेलायती साम्राज्य र नेपालका तात्कालीन राणा शासकहरूका आ–आफ्ना स्वार्थका लागि नेपालका सोझासिधा आदिवासी जनजाति र अशिक्षित युवाहरूलाई बेलायती सेनामा बलजफती भर्ती गराएर बिना तालिम दुश्मनलाई कसरी मार्ने, कसरी काट्ने र कसरी युद्ध जित्ने भन्ने मात्र घोकाएर युद्धमा पठाउने गरेका थिए । फलस्वरूप जुन–जुन देशमा गोर्खाली युवाहरू लगिए उनीहरूले आफूलाई बलिदानी दिएर बेलायती साम्राज्यलाई बलियो बनाइदिए । तर, गोर्खालीहरूलाई संसारले रक्तपिपासु, क्रुर जातिको उपमा भिराइदिए । ब्रिटिस साम्राज्य विस्तारका क्रममा गोर्खाली युवाहरूले भिरेको क्रुरताको कलङ्क अझै पनि पखालिएको छैन ।

कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखेका थिए । संसारबाट पूँजीवाद तथा साम्राज्यवादको जरा उखेलेर साम्यवाद स्थापना गर्ने उनको ध्येय थियो । कम्युनिष्ट घोषणापत्र सार्वजनिक हुनासाथ मार्क्स आफ्नै देश जर्मनबाट लखेटिनु परेको थियो ।

फ्रान्स र बेलायतमा निर्वासित जीवन बिताएका माक्र्सको जीवनको उत्तराद्र्धको लामो समय बेलायतमै बितेको थियो । बेलायत बसाइको मौका मार्क्सका लागि बेलायतलाई बुझ्ने अवसर पनि थियो भने बेलायतको स्वार्थका लागि कठपुतली बनेका जंगबहादुर राणालाई पनि त्यही अवसरमा बुझ्ने मौका पाएका थिए ।

गोर्खाली युवाका कारण आफ्नो जन्मभूमि जर्मन बेलायतसँग पराजित भएको कारणले माक्र्स जंगबहादुरसँग रिसाएको हुनसक्ने अनुमान गर्न सकिन्छ । तर, त्यो तर्क किन पनि बेठीक हुन्छ भने माक्र्स राज्यविहीनताको वैज्ञानिक साम्यवादको परिकल्पना गर्दथे । विश्वमा बढ्दै गइरहेको साम्राज्यवादी लडाइँको विरुद्धमा माक्र्स सृजित कम्युनिष्ट घोषणा पत्रले स्पष्ट बोलिसकेको थियो । माक्र्सकै देश जर्मन पनि साम्राज्यवाद विस्तारको अभियानमै थियो । परिणामतः बेलायतसँग पराजित हुनु जर्मनका लागि दुर्भाग्य मात्र थियो । त्यसकारण जंगबहादुर राणाप्रतिको माक्र्सको दृष्टिकोण राज्यको सिमाना र त्यसको हार र जितसँगभन्दा पनि साम्यवादी सिद्धान्त र त्यसले बोकेको विश्व दृष्टिकोणको रूपमा बुझ्नु आवश्यक हुन्छ ।

जंगबहादुर बेलायती कुकुर हुन् भनेर मार्क्सले उनको डायरीमा लेखेको विचारलाई थप पुष्ट्याइँ त गरेका छैनन् । तर, के चाहिँ साँचो हो भने बेलायती साम्राज्य विस्तारका लागि लाखौं गोर्खाली युवाहरूलाई बलिको बोकाको रूपमा बेलायतको चरणमा चढाउने उनै साम्राज्यवादका कठपुतली जंगबहादुर र साम्राज्यवाद विरुद्धको विचार हो भन्दा अतिशयोक्ति नहोला ।

जहाँ बेलायती साम्राज्य र नेपालका राणाहरूको स्वार्थका लागि बेलायती सेनामा भर्ती गरिएका र ब्रिटिस साम्राज्य विस्तारका लागि विभिन्न देशहरूमा युद्धका क्रममा करिब ६० हजार निर्दोष गोर्खाली युवाहरू मारिएका थिए, लाखौंको संख्यामा घाइते भएका थिए, अंगभंग तथा बेपत्ता भएका थिए । तर, त्यसरी मारिएका, घाइते भएका, बेपत्ता पारिएका गोर्खाली युवाहरूको बेलायतले आजसम्म पनि तथ्याङ्क दिन सकेको छैन । पीडित परिवारलाई क्षतिपूर्ति दिएको छैन, युद्ध समाप्तिपछि खाली हात स्वदेश फर्काइएका गोर्खालीहरूलाई पेन्सन दिइएको छैन, पेन्सन दिएकाहरूलाई पनि बेलायतीको तुलनामा विभेद गरिएको छ ।

संसारलाई प्रजातन्त्र र मानव अधिकारको पाठ सिकाउने बेलायतले गरेको यो अन्तर्राष्ट्रिय मानवअधिकार विरुद्धको अपराधलाई संसारबाट लुकाउन खोज्दैछ । यसको विरुद्ध गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले करीब आन्दोलन गरिरहेको छ । राणा शासक र बेलायतले आ–आफ्नो स्वार्थका लागि निर्दोष गोर्खालीहरूलाई किन मारे ? गोर्खालीको भविष्यलाई किन बर्बाद पारे ? यसको हिसाब यतिबेला गेसोले खोजिरहेको छ । संसारका मानव अधिकारवादीहरूसँग गेसोले प्रश्न गरिरहेको छ । गेसोको आन्दोलनको भावना र माक्र्सले अभिव्यक्त गरेको बेलायत र जंगबहादुरप्रतिको विचार करीब–करीब समान सावित भएको छ । गेसोले वर्षांैदेखि सञ्चालन गर्दै आइरहेको र संसारको ध्यान आफूतिर तान्ने गरी छेडिरहेको आन्दोलनको रूप र चरित्र पनि साम्राज्यवाद विरुद्धको आन्दोलन नै हो ।

कार्ल माक्र्सले प्रतिपादन गरेको सिद्धान्त माक्र्सवादका अनुयायीहरू नेपालमा धेरै छन् । माक्र्सले परिकल्पना गरेको साम्यवाद अर्थात् अंग्रेजीमा कम्युनिज्म शब्दबाटै नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरू छन् । कोही सत्तामा छन्, कोही सत्ताको अनुभवपछि प्रतिपक्षमा छन् र सत्ताको नजिक छन् । कम्युनिष्टको अधिकतम लक्ष्य भनेको सामन्तवाद र साम्राज्यवादलाई समूल नष्ट गर्दै पूँजीवादी क्रान्ति मार्फत समाजलाई साम्यवादसम्म पुरायाउने तर, उदेकलाग्दो कुरा के छ भने २२ वर्षदेखि साम्राज्यवादको विरुद्ध एक्लै लडिरहेको गेसोलाई नेपालका कुनै पनि साम्राज्यवादको सैद्धान्तिक रूपमा विरोध गर्ने कम्युनिष्ट पार्टीले गेसोको आन्दोलनलाई साथ दिएको देखिएन । सिद्धान्ततः कम्युनिष्ट पार्टीले त साम्राज्यवादको विरोधमा हुने जुनसुकै आन्दोलनको अगुवाइ गर्नु पर्दथ्यो तर, व्यवहारमा त्यस्तो देखिएन । साम्राज्यवादको विरुद्ध लडिरहेको गेसोलार्इं साथसम्म पनि दिइएन ।

गेसोले लडिरहेको आन्दोलन भूपू सैनिकहरूको समृद्धिको आन्दोलन मात्र थिएन, बेलायती साम्राज्यका लागि रगत बगाएका साठीहजार नेपालीको न्यायका लागि थियो । घाइते र बेपत्ता परिवारको चहराइरहेको घाउको मल्हमपट्टीका लागि थियो । साम्राज्यको गुलाम गरेर आफ्ना देशका युवाहरूलाई भाडाका सैनिकको रूपमा अरुलाई निर्यात गर्ने तत्कालीन शासकहरूको पराधीन मानसिकता जसका कारण देश झन्–झन् गरीब बन्दै गइरहेको छ, तिनै शासक विरुद्धको आन्दोलन थियो । आन्दोलनमा गेसोले केही सफलता पनि हात पार्यो ।

JoannaLumleyGurkhasCelebrateRightApplyjUpDP 1Ky Ll

बेलायतले थुप्रैपटक गेसो सामु झुक्नुपर्यो अन्तराष्ट्रसामु शिर निहु¥याउनु पर्ने बाध्यता बन्यो । तर, बेलायतले गेसोको आन्दोलन विरुद्ध जालझेललाई पनि जारी राख्यो । जालझेल विरुद्ध गेसोले सहयोगको अपेक्षा राख्नु जरुरी थियो । त्यस्तो अवस्थामा पनि अरु त अरु नै भए तर कम्युनिष्ट नामधारी पार्टीहरूले पनि गेसोको मुद्धालाई साथ दिन सकेनन् । बरु केही पार्टीका नेताहरू गेसो र गेसोको नेतृत्वलाई समाप्त पार्ने बेलायती षड्यन्त्रको गोटी बनेको पाइयो । साम्राज्यवादको चिहान खन्ने कम्युनिष्ट पार्टी र तिनका नेताहरू बेलायती साम्राज्यवादसामु निहुरीमुन्टो लगाएर नेपाली कम्युनिष्ट पार्टीको हुर्मत मात्र लिएनन् । माक्र्सवादको सैद्धान्तिक जगलाई धुलीसात बनाइदिए ।

कम्युनिष्ट पार्टीहरूबीच यतिबेला को सही मार्क्सवादी भन्ने होड चलिरहेको छ । तर्क र बहसमा जतिसुकै आफूलाई असली र सही माक्र्सवादी पुष्टि गर्न खोजिए पनि सिद्धान्त र व्यवहारिक कसीबाट कुनै पनि कम्यूनिष्ट पार्टीलाई विश्वास गरिहाल्ने अवस्था आइहालेको छैन । नेपालको सन्दर्भमा भन्ने हो भने बेलायतले गोर्खालीमाथि गरेको अन्याय र मानवतावाद विरुद्धको उपद्रव तथा अन्तर्राष्ट्रिय कानुन विपरीत गोर्खाली युवाहरूलाई बलि बनाएर अन्य मुलुकलाई प्रहार गर्न लगाएर उपनिवेश बनाउने साम्राज्यवाद विरुद्धको आन्दोलन मार्क्सवादको सैद्धान्तिक घेराभित्रको एजेण्डा हो । गेसोको प्रयासमा यहाँसम्म आएको यो आन्दोलनलाई नेपालका कुन चाहिँ कम्युनिष्ट पार्टीले साथ सहयोग गर्दछ । त्यो हेर्न बाँकी छ ।

यो आन्दोलन भूपू सैनिकहरूको मात्र होइन, तर उनीहरूको पहल र अगुवाइमा सुरु भएको आन्दोलन हो । यो आन्दोलनलाई राष्ट्रिय स्वरूपको आन्दोलन बनाउँदै यसको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी मात्र वास्तवमा सही माक्र्सवादी कम्युनिष्ट पार्टी साबित हुनेछ ।

बेलायतले थुप्रैपटक गेसो सामु झुक्नुपर्यो अन्तराष्ट्रसामु शिर निहु¥याउनु पर्ने बाध्यता बन्यो । तर, बेलायतले गेसोको आन्दोलन विरुद्ध जालझेललाई पनि जारी राख्यो । जालझेल विरुद्ध गेसोले सहयोगको अपेक्षा राख्नु जरुरी थियो । त्यस्तो अवस्थामा पनि अरु त अरु नै भए तर कम्युनिष्ट नामधारी पार्टीहरूले पनि गेसोको मुद्धालाई साथ दिन सकेनन् । बरु केही पार्टीका नेताहरू गेसो र गेसोको नेतृत्वलाई समाप्त पार्ने बेलायती षड्यन्त्रको गोटी बनेको पाइयो । साम्राज्यवादको चिहान खन्ने कम्युनिष्ट पार्टी र तिनका नेताहरू बेलायती साम्राज्यवादसामु निहुरीमुन्टो लगाएर नेपाली कम्युनिष्ट पार्टीको हुर्मत मात्र लिएनन् । माक्र्सवादको सैद्धान्तिक जगलाई धुलीसात बनाइदिए ।

कम्युनिष्ट पार्टीहरूबीच यतिबेला को सही मार्क्सवादी भन्ने होड चलिरहेको छ । तर्क र बहसमा जतिसुकै आफूलाई असली र सही माक्र्सवादी पुष्टि गर्न खोजिए पनि सिद्धान्त र व्यवहारिक कसीबाट कुनै पनि कम्यूनिष्ट पार्टीलाई विश्वास गरिहाल्ने अवस्था आइहालेको छैन । नेपालको सन्दर्भमा भन्ने हो भने बेलायतले गोर्खालीमाथि गरेको अन्याय र मानवतावाद विरुद्धको उपद्रव तथा अन्तर्राष्ट्रिय कानुन विपरीत गोर्खाली युवाहरूलाई बलि बनाएर अन्य मुलुकलाई प्रहार गर्न लगाएर उपनिवेश बनाउने साम्राज्यवाद विरुद्धको आन्दोलन माक्र्सवादको सैद्धान्तिक घेराभित्रको एजेण्डा हो । गेसोको प्रयासमा यहाँसम्म आएको यो आन्दोलनलाई नेपालका कुन चाहिँ कम्युनिष्ट पार्टीले साथ सहयोग गर्दछ । त्यो हेर्न बाँकी छ ।

यो आन्दोलन भूपू सैनिकहरूको मात्र होइन, तर उनीहरूको पहल र अगुवाइमा सुरु भएको आन्दोलन हो । यो आन्दोलनलाई राष्ट्रिय स्वरूपको आन्दोलन बनाउँदै यसको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी मात्र वास्तवमा सही मार्क्सवादी कम्युनिष्ट पार्टी साबित हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७