बाह्रबीसे-तातोपानी जोड्ने पुल बाढीले बगायो, बगर बन्यो बाह्रबीसे बजार


३ भाद्र २०७५, आईतवार
images cms image 000054414

सिन्धुपाल्चोक, ३ भदौं। लगातारको बर्षापछि साँधीखोल्लामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबीसे–तातोपानी नाका जोड्ने पुल बगेको छ । बाढीका कारण बाह्रबीसे बजार बगरमा परिणत भएको छ ।

images cms image 000054414
लगातारको बर्षापछि साँधीखोल्लामा आएको बाढी पुल बगाएपछि बाह्रबीसे जारमा थुप्रिएको ढुङ्गा–माटोको थुप्रो ।

बाढी पहिरोले गए राति पुल बगाएपछि बाह्रबीसे–तातोपानीबीचको सम्पर्क टुटेको छ । पुलमा ठूला ढुङ्गा आएपछि खोला थुनिएर बजारमा पसेको थियो । गए राति १० बजेतिर पुल बगाएपछि सबैतिरको सम्पर्क टुटेको स्थानीय राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

दुई दिनअघि नगरपालिकाको बाह«बीसे र खुर्सानी बजार जोड्ने पुल भीरकुना र कोसिनडाँडा हुँदै आउने साँधीखोलाले क्षतिग्रस्त भएको थियो । भीरकुनाबाट झरेको पहिरो अझै बाह्रबीसे आई नपुगेकाले जोखिम अझै रहेको स्थानीयले जानकारी दिएका छन् । पहिरोले पुल छेउका ४ घर उच्च जोखिममा परेका छन् ।

बाह्रबीसेमा अहिले बाढी र पहिरोको त्रास बढेको इलाका प्रहरी कार्यालय बाह«बीसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले जानकारी दिएका छन् ।

यस्तै पासाङल्हामु राजमार्ग अन्तर्गत नुवाकोटको त्रिशुली–बेत्रावती खण्डको पुलमा गेर्खु खोलाले सडक कटान गरेपछि नुवाकोट र रसुवाको यातायात ठप्प बनेको छ । आइतबार बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँ–बायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७