प्रकाण्डलाई कांग्रेस नेता कुन्साङको उद्योगमा आगजनी गरेको मुद्दा


३ भाद्र २०७५, आईतवार
Prakanda

काठमाडौं, ३ भदौं । नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाका प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई कांग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गर्ने समूहको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

Prakanda

सर्वोच्चको फैसलापछि मानवअधिकारकर्मीकै गाडीाट पक्राउ परेका उनीसहित नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त) समेतलाई प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले आगजनी मुद्दामा चलाएको हो ।
काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले पक्राउ परेका तीन जनालाई संगठित अपराधमा म्याद लिएर अनुसन्धान हुने बताएका छन् ।

यसअघि नै पक्राउ परेका धमला र कार्कीबिरुद्ध अनुसन्धान भईरहेको खड्काले जनाएका छन् । ‘आजै (आइतबार) उहाँलाई अदालतमा उपस्थित गराउँदै छौँ’ खण्डकाले भने, ‘उहाँले क्रसरमा आगजनी गरेको अभियोगमा अनुसन्धान जारी छ ।’ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत १ बैशाखमा बिप्लब समूहका कार्यकर्ताले आगजनी गरेका थिए । आगजनीमा २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो ।

जबरजस्ती चन्दा असुलीको अभियोगमा पक्राउ परेका प्रकाण्डलाई शुक्रबारै न्यायाधीशद्वय चोलेन्द्र समशेर जबरा र तेजबहादुर केसीको इजलासले रिहा गर्न आदेश दिएका थियो । सर्वोच्चको आदेशपछि अदालतबाट बाहिरिँदै गर्दा प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेर शुक्रबार राति काभ्रे प्रहरीलाई बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७