‘मालिका’मा दुई ‘हक्की’ रेखा र आस्थाको गठजोड


४ भाद्र २०७५, सोमबार
Rekha and ashtha

काठमाडौं :  आस्था राउत नेपाली गायन क्षेत्रको हक्की गायिका हुन् । उनको स्वर जति कमान्डिङ छ । उनको स्वभाव पनि उस्तै । यी बोल्ड गायिकालाई कतिपयले पुरुष जस्तो पनि भनीदिन्छन् । कमान्डिङ स्वरकी आस्था पछिल्लो समय नेपाली संगीतमा सर्बाधिक व्यस्त गायिका मध्येका एक हुन् ।

Rekha and ashtha

रेखा थापा नेपाली फिल्म क्षेत्रका हक्की अभिनेत्री हुन् । फिल्ममा महिला पात्र पनि केन्द्रीय भूमिकामा रहन सक्छ भनेर प्रमाणित गरेकी रेखाले अभिनयमा मात्रै होइन बाहिर पनि उस्तै हक्की छिन् । आफ्नो विचार र बिषय प्रष्ट राख्ने रेखा सधै चर्चामा छिन् ।

यी दुबै हक्की कलाकारको संगम रेखाको नयाँ फिल्म मालिका’को नयाँ गीत ‘सर सर … हावा बग्छ कता हो’मा देखिएको छ । यसमा आस्थाको स्वर छ । रेखाको अभिनय । सुरेश अधिकारी शब्द/संगीतले रहेको यो गीत लोकप्रिय हुने रेखा र आस्था दुबैको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७