यसपल्ट ब्रिटिस सेनामा ५८० नेपाली लगिने, ‘कसको मान्छे’ भन्दा पनि क्षमता हेरिने


८ भाद्र २०७५, शुक्रबार
british army nepal

काठमाडौं, ८ भदौं । बेलायत सरकारले यस वर्ष ५८० नेपाली युवालाई बेलायती सेनामा लैजाने भएको छ । यस वर्ष छनौट गरिने ५८० जनामध्ये ३२० जनालाई ब्रिटिस सेना, १२० जनालाई सिङ्गापुर पुलिसका लगिने जनाइएको छ । अन्य बाँकीलाई ब्रनाई लगिने जनाइएको छ ।

gorkha 8 training fitness

बेलायती सेनामा भर्ती हुन यस वर्ष ८ हजार ८ सय ९१ जनाले फर्म भरेको ब्रिटिस क्याम्प पोखराका उपप्रमुख महेन्द्र पुगामीले जानकारी दिए । बेलायती सेनामा भर्ती हुन गल्लावालालाई पैसा खुवाउने गरिएको हल्ला बेलाखत चल्ने गरेको छ । तर, बेलायती सेनामा भर्ती हुन कसैलाई पनि पैसा नदिन ब्रिटिस क्याम्प पोखराले नेपाली युवाहरुलाई अनुरोध गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गरी क्याम्पले आफूहरुले निःशुल्क, निष्पक्ष र पारदर्शीका साथ भर्तीमा छनोट गर्ने भन्दै भर्तीका लागि कुनै पनि व्यक्तिलाई रकम नदिन आग्रह गरिएको छ ।

‘बेला बेलामा भर्ती गराई दिन्छु भन्दै पैसा लिएर ठगी गरिएको समाचार आउने गरेका छन्,’ ब्रिटिस क्याम्प पोखराका प्रमुख एस नाइटिंगलले भने, ‘भर्ती हुँदा शैक्षिक तथा शारीरिक क्षमता र चरित्रको आधारमा छनोट गरिन्छ,’ नाइटिंगलले भने, ‘पैसा र कसैको नजिकको मान्छे भएर होइन, दक्षता र क्षमताका आधारमा छनोट हुन्छ ।’

gorkha 1

उनले ब्रिटिस सेना छनौटमा उपल्लो र तल्लो जात तथा धनी र गरीबको आधारमा भेदभाव नहुने भन्दै उनले भर्ती प्रक्रिया काठमाडौं र युकेका नियामक इकाइमार्फत निर्देशन रहने बताए । सबै जनालाई आवेदन दिने तरिका र आवश्यक मापदण्डबारे वेभसाइडबाटै जानकारी दिएको उनले समेत उनले जानकारी गराएका छन् ।

‘भिडियो प्रशिक्षण कार्यक्रम साथै अन्तरवार्ता र लिखित जाँचका आवश्यक नमुना वेवसाइटमा राखेका छौं,’ उनले भने, ‘सम्भावित रेक्रुट विफल भएमा उसलाई विफल हुनको कारण बताइन्छ । अन्त्यमा हामी सम्भावित रेक्रुटलाई भविष्यमा कसरी अझै सुधार गर्न सकिन्छ भनेर जानकारी समेत दिन्छौं ।’

नेपालका प्रत्येक जिल्लामा पुगेर त्यहाँका जनतालाई छनोट प्रक्रियाबारे जानकारी दिएको ब्रिटिस क्याम्प पोखराका उपप्रमुख महेन्द्र पुगामीले बताएका छन् । यसका लागि पोखरा र धरानमा एकै साथ दर्ता प्रक्रिया सञ्चालन हुने उनले जानकारी दिए । ‘पहिले पोखरा र त्यसपछि धरानमा छनोट प्रक्रिया हुन्छ,’ उनले भने, ‘केन्द्रीय छनोटका लागि उपयुक्त परीक्षार्थी छनोट गर्ने मुख्य चरण यहि हो ।’

DSC 0296

सबै चरण पूरा भइसकेपछि केन्द्रीय छनोट पोखरामा हुने उनले सुनाए । ‘छनोट भईसकेपछि कसम खाने परेड गर्छौ,’ उनले भने, ‘जहाँ रेक्रुटहरूले ब्रिटिस आर्मीमा औपचारिक रुपमा सामेल हुनुपूर्व आफ्ना परिवारजनसँग भेट्न सक्छन् ।’ लगभग १ वर्ष अवधिको भर्ती प्रक्रियामा उम्मेद्वारहरुले ४ चरण पार गर्नुपर्ने उनले जानकारी दिएका छन् । ‘हाम्रो मुख्य उद्धेश्य नै सम्भावित रेक्रुटको भलाई हो,’ उनले भने, ‘ब्रिटिस आर्मीमा भर्ती हुन चाहनेलाई समान अवसर हुने पनि उनले प्रतिवद्धता जनाएका हन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७