यसरी गर्न सकिन्छ ब्लगबाट कमाइ


१० भाद्र २०७५, आईतवार
fortes tecnologia esocial eventos nao periodicos e folha de pagamento

के तपाईं लेख्न रुचाउनुहुन्छ ? के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ रु त्यो पनि लाखौंमा १ त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी–बसी सजिलै कमाउन सकिने भएको हो ।

सुरुवात कसरी गर्ने ?

यसका लागि सुरुमा गुगलको ब्लगर, वर्डप्रेसजस्ता निशुल्क साइटमा एकाउन्ट बनाउनुपर्छ । त्यसपछि त्यहाँ आफ्नो चाहनाअनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ । कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

भाषाको छनोट

सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ । त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ ।

कसरी छान्ने विज्ञापनदाता ?

विज्ञापनदाता छान्दा सर्वप्रथम आफूले लेख्ने लेखको भाषाको ख्याल गर्नुपर्छ । त्यसपछि ख्याल गर्नैपर्ने कुरा भनेको विज्ञापन रेट हो । केही विज्ञापनदाताले विज्ञापनको रेट निकै धेरै राखेका हुन्छन् तर केहीले भने निकै कम । रेटअनुसार विज्ञापनदाताहरूको लिस्ट बनाउनुहोस् । त्यसपछि कुरा आउँछ पैसा निकाल्ने विधिको । सबै विज्ञापनदाताबाट नेपालमा पैसा निकाल्न सम्भव नहुन सक्छ, त्यसैले जसबाट सम्भव छ, त्यसैलाई छान्नुपर्छ, अन्यथा आफूले कमाएको पैसा निकाल्न कठिन मात्र होइन, कहिलेकाहीं त असम्भव नै हुन्छ ।

धेरै विज्ञापनदाताले ब्लग सपोर्ट गरेनन्, के गर्ने होला ?

सबै विज्ञापनदाताले ब्लग सपोर्ट नगर्न सक्छन् । त्यस्तो स्थिति सिर्जना भएको खण्डमा तपाईंले आफ्नै वेबसाइट बनाउन सक्नुहुन्छ । मानौं तपाईंको लेख चर्चित हुँदै गयो र तपाईंलाई विज्ञापनको रेट मन परेन भने तपाई अन्य विज्ञापनदाताबाट विज्ञापन ल्याउन सक्नुहुन्छ, तर त्यसका लागि आफ्नै बेबसाइट हुनुपर्छ जुन तपाई आफैं पनि बनाउन सक्नुहुन्छ । यसका लागि कुनै प्रोग्रामिङको भाषा जान्नैपर्छ भन्ने हुँदैन ।

कान्तिपुर साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७