कर्णालीका संसदीय समितिले अझै नेतृत्व पाएन


१० भाद्र २०७५, आईतवार
samsad bhawan karnali

सुर्खेत, १० भदौ  । कर्णाली प्रदेशको मिनी संसद् भनेर चिनिने विभिन्न संसदीय समितिहरू अहिले नेतृत्वविहीन छन् ।

समिति गठन भएको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेशका संसदीय समितिहरूले नेतृत्वपाउन सकेका छैनन ।

कर्णाली प्रदेशसभाको गत चैत २६ गते बसेको दशौँ बैठकले चार वटा संसदीय समिति गठन गरेको थियो । प्रदेशको सभामा विधायन तथा प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति गठन गरिएको छ ।

समिति गठन भएको लामो समय बितिसक्दा पनि यहाँका दलहरूले संसदीय समितिहरुमा नेतृत्व छान्न नसक्दा सबै समितिमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

पार्र्टी एकताका कारण सबैको ध्यान पार्टी नेतृत्वमा केन्द्रित भएको हुँदा संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको नेकपाका सांसद करवीर शाहीले बताउनुभयो । पहिला पार्टीमा नेताको कार्य विभाजन भए संसदीय दलको पदाधिकारी तथा समितिहरुको जिम्मेवारी दिन सजिलो हुने शाहीको भनाइ छ ।

पार्र्टी एकतापछि नेकपाले संसदीय दलको नेता र प्रमुख सचेतकलगायतका संसदीय पदाधिकारी छनोट गर्नसमेत सकेको छैन ।

नेपाली काङ्ग्रेसका कर्णाली प्रदेशका सांसद यज्ञबहादुर बीसीले सत्तापक्षकै कारण संसदीय समितिहरू नेतृत्वविहीन रहेको बताए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७