एशियाड : चेलिमोलाई स्वर्ण पदक, प्रतिष्पर्धीलाई यसरी छाडिन् तीन किमि पछाडि


१० भाद्र २०७५, आईतवार
ChelimoAsianGames

एपी

काठमाडौं, १० भदौं । इण्डोनेशियामा जारी एशियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् ।

ChelimoAsianGames

केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेण्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिष्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् ।

चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिकअघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व गरेकी थिइन् । तर त्यस पटक उनले आठौ स्थान हासिल गरेकी थिइन् । गत वर्ष लण्डनमा भएको विश्व च्याम्पियनसीपमा उपाधि जितेकी थिइन् ।

जापानकी केइकी नोगामीले दोस्रो हुँदै रजत पदक जितिन् भने तेस्रो स्थानमा रहेकी उत्तर कोरियाकी कीम हे सोङले कास्य पदक पाइन् । शनिबार सम्पन्न पुरुषतर्फको म्याराथनमा जापानका हिरोतो इनाउले बहराइनकै एलहस्सन इलाबास्सीलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७