अमेरिका गएकी नायिका श्वेता खड्का उतै विरामी


११ भाद्र २०७५, सोमबार
sweta BrnB0bFYon

काठमाडौं, ११ भदौ । चलचित्र प्रदर्शनका लागि अमेरिका पुगेकी अभिनेत्री श्वेता खड्का उतै बिरामी परेकी छिन् ।

sweta BrnB0bFYon

छालामा रातो डाबर आउने समस्या देखिएपछि उनले केही दिनका लागि फिल्म प्रदर्शन रोकेकी छिन् । आइतबार सामाजिक सञ्जालमा उपचाररत तस्बिर पोष्ट गर्दै उनले केही दिनदेखि बिरामी रहेकाले सामाजिक सञ्जालमा सक्रिय हुन नपाएको आफ्ना शुभचिन्तक र आफन्तलाई जानकारी दिएकी छिन् ।

आफूलाई छालाको संक्रमण भएको बताउँदै केही दिन कामबाट ब्रेक लिन चिकित्सकले सुझाएको उल्लेख गरेकी छिन् । उनले आफ्नो फिल्मको टिम, आयोजक, परिवार, साथी र शुभचिन्तकलाई धन्यवाद दिँदै अमेरिकाको फिल्म प्रदर्शन यात्रा ठूलो सफलता रहेको बताएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७