प्रहरीको ४२ असली हतियार लगेर राखियो खेलौना राइफल, अनुसन्धान शुरु


१२ भाद्र २०७५, मंगलवार
rifal

काठमाडौं, १२ भदौं । प्रहरीको ४२ वटा शक्तिशाली राइफल प्रहरीकै हतियारखानाबाट चोरी भएको छ । राइफल चोरी मात्र भएको छैन, असली राइफल राखिएका ठाउँमा काठ र प्लाष्टिकका नक्कली राइफल साटेर राखिएको पाइएको छ । यो घटना पाराग्वेको हो ।

rifal
गुगलको सांकेतिक तस्विर ।

अनुगमनक्रममा पाराग्वेका प्रहरी अधिकारीहरुले आफ्नो हतियारखानामा राखिएका असली राइफल नक्कली खेलौनासँग साटिएको भेटिइएको हो । चालु हालतका राइफल पूराना भएकाले नयाँ राइफल ल्याउन हतियारखानामा संग्रह गरिएको थियो ।

तर एक वर्षअघि नै त्यसरी राखिएका राइफल बजारमा भेटिएपछि अनुसन्धानका लागि निर्देशन दिइएको थियो । हतियारखाना अनुगमनक्रममा ४२ वटा राइफलका स्थानमा खेलौना राइफल भेटाइएपछि पाराग्वे प्रहरीकै इतिहासमा यो घटना लाजमर्दो भएको टिप्पणी गरिएको छ । प्रहरीले चोरी भएका राइफलहरु केही अर्जे्न्टिना र बाँकी ब्राजिलमा तस्करहरुले बिक्री गरेको हुन सक्ने अनुमान गरेका छन् ।

ब्राजिलले निकै लामो समयदेखि तस्कर गरिएका हतियार आफ्नो देशमा बिक्री भइरहेको गुनासो गरिरहेको थियो । हतियारको कालो बजारमा त्यस्ता हतियार भेटिन थालेपछि अनुगमनलाई तीव्रता दिइएको र अनुगमनपछि असली हतियारका नक्कली खेलौनासँग साटिएको पाइएको हो । पाराग्वे प्रहरीको हतियार चोरी भएको घटना सार्वजनिक भएपछि हतियारखानाका प्रमुखलाई भने हटाइएको छ । तर अनुसन्धान जारी रहेको भन्दै कसैलाई पक्राउ भने गरिएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७