शेर्पा संघ अमेरिकाकाे अध्यक्षमा निमा शेर्पा चयन


१२ भाद्र २०७५, मंगलवार
nima serpa

काठमाडौं,१२ भदौं ।   निमा शेर्पाको नेतृत्वमा शेर्पा संघ अमेरिकाकाे नयाँ कार्यसमिति चयन भएकाे छ । उनी संघकाे अमेरिकामा भएकाे प्रथम अधिवेशनबाट अध्यक्षमा चुनिएका हुन् ।

nima serpa

अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा देण्डी शेर्पा (भोजपुर), उपाध्यक्षमा मिङमार शेर्पा (खोटाङ), महासचिवमा फुर्वा शेर्पा (सोलुखुम्बु), सचिवमा डोमा शेर्पा (सोलुखुम्बु) कोषाध्यक्षमा साङमु शेर्पा (संखुवासभा) सहकोषाध्याक्षमा आङ पासाङ लामा शेर्पा एपि (दोलखा) निर्विरोध निर्वाचित भएका छन् ।

 सदस्यहरूमा आङछिरिङ शेर्पा (दोलखा), सोनाम गेल्बु शेर्पा (रामेछाप), डोल्मा शेर्पा (दोलखा), गेल्बु शेर्पा (ओखलढुंग), लक्ष्मी शेर्पा (सिन्धुपाल्चोक), आङफुरि शेर्पा )(सोलुखुम्बु) फुर्वाछिरि शेर्पा (दोलखा) र ग्युर्मे शेर्पा (दोलखा) निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरूलाई बौद्ध धर्म गुरु उर्गेन टुल्कु रिम्पोचेले शपथ गराए ।

गत वर्ष न्युयोर्कमा गठित तदर्थ समितिले पहिलो अधिवेशन गरेको हो । समितिका संयोजक निमा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा धर्म गुरु टुल्कु रिम्पोचेले अबको पुस्तालाई राजनीतिक चेतना अविवृद्धिको लागि स्थापना गरेको शेर्पा संघले धर्म संरक्षणका लागि स्थापना गरेको किदुगसँग मिलेर अघि बढ्न शुभकामना दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७