तस्बिरमा बिम्स्टेक शिखर सम्मेलन
काठमाडौं, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा शुरु भएको छ । नेपालका प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले विहिबार १४ भदौ अपराह्न ४ बजे सम्मेलन शुरु भएको घोषणा गरेका हुन् ।
अध्यक्षको तर्फबाट उद्घाटन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकका राष्ट्रहरुबीचको एकतामा जोड दिंदै शान्त, दिगो विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक बनाउन सबै एकजुट हुनुपर्ने धारणा राखे ।
सम्मेलनको उद्घाटनमा म्यान्मारका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानको अन्तरिम सरकारका नेतृत्वकर्ता एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले सम्बोधन गरे ।
काठमाडौं घोषणापत्र जारी गर्दै भोलि, १५ भदौमा सम्मेलन समापन हुनेछ । सम्मेलनको समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ । यसअघि सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारमा बिम्स्टेकको सम्मेलन भएको थियो ।
हेर्नुहोस् फोटो फिचर :-
स्वागतका तस्बिरहरु :-
तस्बिरहरु : रासस, नयाँ पेज र एजेन्सीहरू