हलिउड अभिनेता रिचर्ड गेरेले शिल्पा शेट्टीलाई जबरजस्ती समातेर किस गरिदिएपछि…


१५ भाद्र २०७५, शुक्रबार
शिल्पा शेट्टीलाई ५८ वर्षका बुढाले जबरजस्ती समातेर किस गरिदिएपछि 4622

काठमाडौं, १५ भादाै। हलिउड अभिनेता रिचड गरे अप्रिल २००७मा भारतको राजस्थान जयपुरमा आएका थिए । एड्ससम्बनिध जागरुकताका लाग आएको एक कार्यक्रममा शिल्पा शेट्टी र रिचर्ड अतिथिको रुपमा पुगेका थिए ।

त्यही कार्यक्रम चल्दै गर्दा शिल्पा रिचर्डको हात समातेर मञ्चमा पुगिन् र केही बोल्न लागिन् । त्यही बेला रिचर्डले शिल्पाको हात समाते र हातमा किस गरे । त्यसपछि उनले शिल्पालाई जबरजस्ती समातेर उनको गालामा किस गर्न थाले । अचानक भएको यो घटनाले शिल्पा पनि चकित परिन् र घटनालाई सम्हाल्ने कोसिस गर्न थालिन् ।

उनले किस गर्ने ६९ वर्षका रिचर्ड गेरेको आज जन्मदिन हो । उनको जन्म अमेरिकाको फिलाडेल्फियामा ३१ अगष्ट १९४९ मा भएको थियो । फिल्ममा आउनु भन्दा पहिले रिचर्ड थिएटरमा काम गर्थे । उनको डेब्यू फिल्म ‘लुकिङ फर मिस्टर गुडबार’ थियो जो १९७७ मा रिलिज भएको थियो ।

हलिउड अभिनेता रिचर्ड गेरेलाई रोमान्टिक स्टारको रुपमा संसारभर चिनिन्छ । रिचर्डलाई भारतमा उनका फिल्मका अलावा उनको किसको विवादका कारण पनि चिनिन्छ ।

रिचर्डको यस किसिमको व्यवहारपछि उनको ठूलो विरोध भयो । रिचर्डले यही कारण सार्वजनिक रुपमा माफी माग्नुपरेको थियो । यो घटनामा रिचर्ड र शिल्पाविरुद्ध अश्लीलताको आरोपमा अदालतमा मुद्दासमेत परेको थियो । अदालतले भने यसलाई सस्तो लोकप्रियता पाउने कोसिस भन्दै मुद्दा खारेज गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७