गीत-संगीतमा सम्भावना देखाउँदै ‘सौजन्य’


१७ भाद्र २०७५, आईतवार
soujanya

-राजु ‘यायावर’
काठमाडौं, १७ भदौं । सुनसरी इटहरीका १४ वर्षे सौजन्य पौडेलले गीत गाएको सुन्दा उनको स्वर कुनै व्यावसायिक गायकको भन्दा कम लाग्दैन ।

soujanya
गायक सौजन्य पौडेल

सांगीतिक क्षेत्रमा निकै सानैमा निकै ठूलो सम्भावना देखाएका सौजन्य अहिले इटहरीका ‘उम्दा’ बाल गायक हुन् । भर्सस्टाइल सिङ्गरको सम्भावना देखाएका सौजन्यको सपना भविष्यमा सफल प्लेब्याक सिङ्गर बन्ने छ । इटहरीको चिल्ड्रेन स्कुलमा कक्षा–९ मा पढ्दै गरेका सौजन्यले आधा दर्जन बढी ‘कभर सङ्ग’ गाएका छन् । उनले गाएका कभर सङ्ग युट्युवमा समेत हेर्न–सुन्न सकिन्छ ।

37873294 2198358783718304 1315580390076841984 n
गुरु भोला राईसँग गायन कक्षामा सहभागी हुँदै सौजन्य

आफ्नो प्लेब्याक सिङ्गरको सपना पूरा गर्न चार वर्षदेखि शास्त्रीय संगीत सिकिरहेका सौजन्य पढाइ सँगसँगै सांगीतिक करिअरलाई अगाडि बढाइरहेका छन् । सौजन्यको हरेक दिनको कर्म संगीतबाटै शुरु हुन्छ । विहान ५ बजे ओच्छ्यान छोडिसक्ने सौजन्य हात–मुख धोएर हार्मोनिमय समाउँछन् । विहान ५ बजेदेखि ७ बजेको समयमा संगीत कक्षामा सिकेका संगीतका नोट, स्वरको आरोह–अवरोह, राग अलाप्छन् ।

39406692 2221530898067759 3653243686705168384 n 1

दुई घण्टा हार्मोनियमको पर्दामा स्वर साधना गरेपछि मात्र उनको पढाइलगायत अन्य दैनिकी शुरु हुन्छ । विद्यालय र इटहरीमा आयोजना हुने हरेकजसो सांगीतिक कार्यक्रममा देखिने सौजन्यले अहिलेसम्म सय भन्दा बढी स्टेज कार्यक्रममा आफ्नो गायकी कौशल देखाइसकेका छन् । विशेष गरी सुगम संगीतमा रुची राख्ने सौजन्य आफूलाई भर्सस्टाइल सिङ्गरका रुपमा चिनाउन साधना गरिरहेको सुनाउँछन् ।

969049 1398106043743586 1514721080 n
गीतको सुटिङ्गमा सौजन्य

उनले स्वर सम्राट स्व. नारायण गोपाल, स्व. गोपाल योञ्जनदेखि अहिलेका चलेका गायकहरुको गीतको कभर सङ्ग गाएका छन् । सौजन्यको स्वर मात्र मन्त्रमुग्ध पार्ने खालको छैन, स्टेज पर्फमेन्स पनि अब्बल गायकहरुको जस्तै लाग्छ । मिठो स्वरका धनी सौजन्यको गायकी हाउभाउ पनि प्रोफेसनल सिङ्गरको जस्तै रहेको उनको विद्यालयका शिक्षकहरु बताउँछन् । पढाइ र गायकीलाई समान रुपमा अगाडि बढाएकै कारण सौजन्य शिक्षक र साथीहरुको प्यारो छन् ।

37812896 253588502101280 7979278740309934080 n
आफ्नो सफलताको प्रमाण देखाउँदै सौजन्य

उसो त सौजन्यको सांगीतिक फड्कोमा परिवारको मुख्य हात छ । किनकी उनको बुबा माधव केसी चलचित्रका नायक हुन् । सांगीतिक क्षेत्रसँगै जोडिएको चलचित्र विधाका बुबा भएकै कारण पनि सौजन्यलाई सांगीतिक क्षेत्रमा लाग्न हौसला र प्रेरणा मिलेको छ । सांगीतिक क्षेत्रको सफलताका लागि पढाइ पनि राम्रो रहनु पर्ने बुझेका सौजन्य पढाइमा वाधा नपुगोस् भनेर हप्तामा तीन दिन मात्र औपचारिक संगीत कक्षा जान्छन् । उनले इटहरीस्थित ओम शिवसती सरगम कला मन्दिरमा गुरु भोला राईबाट गायन कक्षा लिइरहेका छन् ।

32873685 2141960816024768 2634937929012609024 n
सौजन्यले गायन क्षेत्रमा गरेको एउटा उपलब्धी

बाँकी समय स्वसाधना गर्छन् । उनी गीत गाउने, संगीत सिक्ने मात्र गर्दैनन् बजारमा कस्ता गीत–संगीत चलेका छन्, विदेशी गायक–गायिकाहरुको बारेमा सोसल मिडियाहरुबाट जानकारी समेत लिन्छन् । छोराको प्लेब्याक सिङ्गर बन्ने सपनामा सहयोग पुर्‍याउन नायक बुबा माधव केसी र अामाले पनि सांगीतिक माहौल वातावरण बनाई दिएका छन् । माधव भन्छन्, ‘मान्छेले आफ्नो रुचीकै विषयमा लाग्दा नै प्रगति गर्छ, उसको रुची गायनमा छन । त्यसैले कुनै रोकावट मबाट छैन । तर, अहिले पढाइलाई नै मुख्य ‘प्रायोरिटी’ राख्नु पर्छ भनेर सम्झाउँछु ।

sou
पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग सौजन्य

टिन एजमै इटहरीबासीको खोजीमा रहेका र आँखामा बसेका सौजन्यलाई अहिले चलिरहेको गायक प्रतियोगिता नेपाल आइडल र भ्वास अफ नेपालमा सहभागी हुने ठूलो रहर थियो, तर यी प्रतियोगितामा भाग लिन उनको उमेर वाधक बन्यो । किनकी यो प्रतियोगितामा सहभागी हुन उनको उमेर कच्चा भयो । तर, भविष्यमा यस्ता प्रतियोगिताहरुमा आफूलाई समावेश गराउँदै लैजाने सौजन्य सुनाउँछन् ।

37831906 253588585434605 8684113127333167104 n
आफ्ना स्कुलका साथीहरुसँग सौजन्य

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७