यौन सम्पर्क गर्न समेत डराउने हिटलर यसरी बने क्रुर तानशाह


१८ भाद्र २०७५, सोमबार
Adolf Hitler

काठमाडौं, १८ भदौ । हिटलर त्यस्तो नाम हो जसलाई आज पनि विश्वले एक क्रुर र निर्मम तानाशाहका रुपमा चिन्छ ।

Adolf Hitler

हिटलरलाई विश्वको सबैभन्दा खतरनाक नेताका रुपमा पनि चिनिन्छ । एक समय थियो जतिबेला पूरै विश्व हिटलरको नाम सुन्ने वित्तिकै डरले काम्थ्यो । बाहिर जति क्रुर देखिए पनि भित्र भने हिटलर डरपोक थिए ।

हिटलर धेरै कुरादेखि डराउँथे । हिटलर त्यस्ता कुरासँग डराउँथे जुन सुनेर तपाईलाई हाँसो उठ्न सक्छ । आज हामी हिटलर के–के कुरासँग डराउँथे भन्ने विषयमा जानकारी दिन गइरहेका छौं ।
हिटलर ब्लेडको नाम सुन्ने वित्तिकै डराउँथे । यही डरका कारण उनी दाह«ी काट्ने र कपाल काट्ने व्यक्तिसँग पनि डराउँथे ।

उनी आफ्नो दाह्री आफैं काट्ने गर्थे । हिटलर प्यारानोइया नामक मानसिक रोगबाठ पीडित थिए । उक्त रोगका कारण उनी सबैलाई आफ्नो हत्या गर्न आएको ठान्थे । मृत्युको नाम सुन्ने वित्तिकै हिटलर डरले काम्थे ।हिटलरलाई यौन सम्पर्क गर्न पनि डर लाग्थ्यो । हिटलर हाइपोस्पेडियस नामक रोगबाट पीडित थिए । यही कारण हिटलरलाई यौन सम्पर्क गर्न पनि डर लाग्थ्यो । ‘हिटलर लास्ट डे ः मिनट बाइ मिनट’ नामक पुस्तकमा यो विषयको वयान गरिएको छ ।

हिटलरलाई हार्न पनि डर लाग्थ्यो । सोभियत संघको रेड आर्मीले जब बर्लिनमा कब्जा जमायो तब हिटलरले हार्ने डरले ३० अप्रिल १९४५ मा आत्महत्या गरे । जुन चीजसँग एक सामान्य मानिसको दिन बित्छ, त्यही चिजसँग हिटलर डराउँथे । उनी बाहिर बहादुर देखिए पनि भित्रि रुपमा भने निकै डराउँथे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७