अमेरिकामा नेपालीले नेपालीकै करोडौं ठगे, सीआइबीमा उजुरी दिंदै पीडित


१९ भाद्र २०७५, मंगलवार
cb thapa 2

काठमाडौं, १९ भदौ । नेपालमा ठगी गर्ने चिनबहादुर बगाले थापाले अमेरिकामा गएपछि पनि धेरै नेपालीलाई ठगी गरेका छन् ।

तत्कालीन बिद्रोही माओवादीबाट कुटपिट भएको र पीडित भई नेपालमा बस्न नसक्ने भन्दै नक्कली उजुरी गरी अमेरिकामा लायन्सको कार्यक्रममा गएर उतै लुकेका थापाले अमेरिकामा धेरै नेपालीको करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ ।

cb thapa 1
चीनबहादुर थापा


अमेरिकाको क्यालिफोर्नियामा बस्ने चीनबहादुर थापा उर्फ सीबी थापा र उनकी कान्छी श्रीमती सुनिता थापा भण्डारीले गोविन्द शाही, जनार्दन बिष्ट, माधव राना, श्यामप्रसाद थपलिया, मदन पाठक लगायतको ठूलो रकम ठगी गरेको विवरण प्राप्त भएको छ ।

पीडितका अनुसार शाहीसँग ५० लाख रुपैयाँ, बिष्टसँग ३० हजार अमेरिकी डलर, रानाको १० हजार डलर ठगी गरेका छन् । त्यसैगरी थपलियाको १० हजार डलर र मदन पाठकको १५ हजार डलर ठगी गरेका छन् ।

थापाले भारतीय सेनामा सिपाही दर्जाको जागिर खाएर क्याप्टेन हुँ भन्दै नेपालमा हुँदा बीसौं जनालाई यूरोप, अमेरिका र जापान पठाइदिन्छु भनेर करोडौं ठगी गरेका थिए । नेपाल वायुसेवा निगमका एक अधिकृतको नक्सालस्थित घरमा बसेका उनले तिनलाई पनि ठगी गरेका थिए ।

Check
थपलियाको चेक

उनी नेपालमा हुँदा ठगी आरोपमा दर्जनौं पटक हनुमानढोकाको कष्टडीमा थुनिएका थिए । उनका दाजुभाइ नाता पर्ने प्रहरी निरीक्षक प्रकाश थापाले उनलाई छुटाउँदैआएका थिए । प्रकाश थापा प्रहरीमा लामो समय लेखापालका रुपमा काम गरेका हुन् ।

सीबी थापाका रुपमा चिनाउन चाहने उनले लमजुङमा जेठी श्रीमती भए पनि काठमाडौंमा आएपछि सुनिता भण्डारीलाई कान्छीका रुपमा भित्र्याएका थिए । उनकी जेठी श्रीमती सुनकैली थापा अहिले पनि लमजुङमै छिन् ।

Nepali
विष्टको प्रमाण

गुण्डानाइके दीपक मनाङ्गेको जगजगी भएको बेला दरबारमार्गमा काष्ठमण्डप रेष्टुरेन्ट समेत संचालन गरेका थिए । उनी लाइन्स क्लवको कार्यक्रममा भाग लिन जाने बहानामा अमेरिकामा गएर उतै लुकीलुकी नेपालीलाई ठगी गर्दैआएका छन् ।

Bista
माधव रानाको प्रमाण

उनको ठगीका बिरुद्ध पीडितहरुले नेपालमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)मा उजुरी दिएर उनलाई इन्टरपोलमार्फत् भए पनि नेपाल झिकाएर कानुनी कारबाही गराउन पहल थालेका छन् । यसरी अमेरिकामा नेपाली ठग्ने थापालाई कारबाही गर्नेबारेमा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले पनि चासो देखाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७