कामदारको किर्ते सहीले ७० करोडको मालिक सडकमा


२० भाद्र २०७५, बुधबार
compeny rajester

काठमाडौं २० भदौ । धेरै वर्षदेखि आफूकहाँ राखिएको मान्छेलाई कामबाट निकाल्नुस्, भएभरको श्रीसम्पत्ति आफ्नो बनाएर हिँड््छ ! यस्तै एकजना चोरमाथिका चण्डाल फेला परेपछि कम्पनी रजिष्ट्रार कार्यालयका चारसहित गिरोहका १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युुरो (सिआइबी) ले पक्राउ गरेको छ ।

compeny rajester
फाइल तस्बिर

पीडित हुन्, एकजना मारवाडी । व्यापार–व्यवसाय सबै नेपालमा, तर नागरिकता नभएका । व्यापार सुकेर चल–अचल सम्पत्तिसहित ७० करोडका मालिक थिए । त्यसअघि उनीसँग करिव तीन सय करोडको चल–अचल सम्पत्ति । पछि पत्ता लगाए, धेरै वर्षदेखि आफूकहाँ काम गर्न राखिएको मान्छेका कारण डुबेका रहेछन् । पहिला चप्पल पनि फाटेको लगाउँथे । हेर्दाहेर्दै एक करोडको गाडी चढ्ने भए । ब्रेकफास्टदेखि रातिको डिनरसम्म पाँच तारे घटीका होटलमा नलिने ।

मारवाडीचाहिँ व्यापार चौपट भएर नयाँ व्यवसाय थाल्ने कि इण्डियातिरै लाग्ने भन्ने चिन्तामा ।
यसैबीच, उनले आफ्नो व्यापारिक अधोगतिका कारण मानिने कामदारलाई कामबाट निकाले । तर, शीरदेखि पैतालासम्मका सबै रौँ, दाग चिनेका ती कामदारले पनि त्यत्तिकै किन छाड्थे र ! मारवाडीले विश्वास पनि कतिसम्म गरेका भने बैंकको चेकमा आफ्नो सही पनि तिनै कामदारले गरिदिन्थे । यस्ता विश्वासिला व्यक्तिलाई कामबाट निकालेपछि उनले मारवाडीसँग बाँकी ७० करोड सम्पत्ति रहेको कम्पनी, घर, जग्गा सबै आफ्नो बनाउन खोजे । त्यसका लागि कम्पनी रजिष्ट्रार कार्यालयका हाकिमदेखि लेखन्दाससम्मलाई पैसामै आफ्नो बनाए । साहुको सही आफैँ गर्थे ।
सम्पत्ति कहाँ, कुन र कति भन्ने सबै कण्ठ थियो ।

कम्पनी नामसारि भयो, साहुले थाहा पाएनन् । अघिपछि कर कार्यालयले कर ताकेता गथ्र्यो, यसपालि त्यसो पनि गरेन । डुबेको व्यापारी भनेर करले छाड्ने कुरा त आउँदैन ! किन यस्तो भयो भनेर उनी अचम्ममा परिरहेका थिए । तर, जब सतुंगल र बालुवाटारमा रहेको घर जग्गा अर्कोलाई बेच्ने गरी बैना गरियो, अनि फसे काम गर्ने विश्वासिला व्यक्ति । मालपोतबाट एकजना कर्मचारीले सतुंगलको जग्गा बैना गरे÷नगरेको बारे विश्वस्त हुन फोन गरेपछि उनी छाँगाबाट खसेझैँ भए । प्रहरी, प्रशासन सब गुहारे ।

त्यसपछि अज्ञात नम्बरका फोनबाट मार्ने, काट्ने र सन्तान नै नाश गरिदिनेसम्मका धम्की आउन थाले । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले कम्पनी रजिष्ट्रारको कार्यालयमा ती मारवाडीको कम्पनी नामसारिसम्बन्धी अभिलेख खोज्यो । मारवाडीको सही प्रहरीले उनलाई देखायो । भने, ‘सही त मेरो हो, तर मेरो यस्तो सही फलानाले मात्र गर्नसक्छ । उसलाई कामबाट निकालिसकेँ ।’

यसपछि प्रहरीले मारवाडीका पहिलाका कामदारमात्र समातेन, कम्पनी रजिष्ट्रारको कार्यालयका दुईजना कम्प्युटर अधिकृतसहित शाखा अधिकृतहरु उमेशमान जोशी र नारायण पोखरेललाई नियन्त्रणमा लियो । उनीहरुले उपसचिवहरु गंगाधर पौडेल र धर्मराज रोकायाको नाम पोलेका छन् । शाखा अधिकृत र कम्प्युटर अधिकृतहरु समातिएपछि उपसचिवहरु भागे । अहिलेसम्म फरार रहेको खबर जनआस्था साप्ताहिकमा छ । प्रहरीसँग हिरासतमा अहिले ६ जना व्यक्ति छन् । तीमध्ये चारजना कर्मचारी, एकजना मारवाडीकहाँ पहिला काम गर्ने व्यक्ति र अर्का त्यहीँका लेखन्दास ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७