प्रदीप खाती र लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित


२२ भाद्र २०७५, शुक्रबार
प्रदीप खाती र लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित

काठमाडौं २२ भदौं । प्राविधिक तर्फ सुटिङ्गका प्रशिक्षक प्रदीप खाती र प्रशासन तर्फ पश्चिमाञ्चल खेलकुद बिकास समितिका प्रशासकिय अधिकृत लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सवको अवसरमा उनीहरुलाई उत्कृष्ट घोषण सहित नगद २५ हजार र सम्मान पत्रले सदस्य सचिव केशव कुमार बिष्टले सम्मान गरे ।

यस्तै उत्कृष्ट कर्मचारीमा प्राविधिक तर्फ तेक्वान्दो सहायक प्रशिक्षक नोर्वु लामा र प्रशासन तर्फ प्रशासकिय अधिकृत कमल दाहाल रहे । उनीहरुले सम्मान पत्रका साथै नगद १५ हजार प्राप्त गरे । यसै गरि प्राविधिक तर्फ कराते सहायक प्रशिक्षक कुन्ति गुरुङ्ग र प्रशासन तर्फ ना.सु. गोपाल बस्नेत परिषद सेवा सम्मानबाट सम्मानित भए । उनीहरुले जनही १० हजारका साथै सम्मान पत्र प्राप्त गरे ।

यसै गरि परिषदको ५५ औं बार्षिकोत्वको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिता अन्तरगत तान डोरी प्रतियोगितामा काठमाण्डौ जिल्ला खेलकुद बिकास समिति प्रथम भयो । उले नगद १० हजार र प्रमाण पत्र प्राप्त ग¥यो । यस्तै दोश्रो भएको राष्ट्रिय खेलकुद परिषदको केन्द्र त्रिपुरेश्वरले नगद ७ हजार र प्रमाण पत्र तथा तेश्रो भएको ललितपुर जिल्ला खेलकुद बिकास समितिले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त ग¥यो ।

बार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको खेलकुद सम्वन्धि कविता प्रतियोगितामा खेलकुद बिज्ञान प्रतिष्ठानकी प्रशासकिय अधिकृत अनन्ता देवी खनाल पहिलो भईन् । उनले नगद ५ हजार र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै कर्मचारी संघका महासचिव फणिन्द्र पौडेल दोश्रो र प्रशासकिय अधिकृत रोहिणी दाहाल तेश्रो भए । उनीहरुले क्रमश ३ हजार र २ हजार सहित प्रमाण पत्र प्राप्त गरे ।

यसै गरि खेलकुद दिवसको अवसरमा आयोजना गरिएको महिला ÷पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता, महिला पुरुष टेबल टेनिस तथा म्युजिकल चियर महिला÷पुरुषका बिजयी खेलाडीहरुलाई पनि नगद सहित प्रमाण पत्र प्रदान गरियो । उनीहरुलाई क्रमश पहिलो लाई ५ हजार र प्रमाण पत्र, दोश्रोलाई ३ हजार र प्रमाण पत्र तथा तेश्रो हुनेलाई नगद २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार बितरण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७