बलिउडका ‘डान्सर’ अभिनेता गोविन्दा नेपाल आउँदै, यस्तो छ कार्यक्रम


२४ भाद्र २०७५, आईतवार
govinda

काठमाडौं । बलिउडका ‘डान्सर अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । उनी ‘एलजी सिनेमा सर्कल अवार्ड–२०७५’मा प्रमुख अतिथिका रुपमा सहभागी हुन नेपाल आउने भएका हुन् ।

govinda

आयोजक संस्थाका प्रमुख दिनेश डिसीका अनुसार आउँदो ३१ भदौमा राजधानीमा हुने गइरहेको अवार्डमा बलिउड अभिनेता गोविन्दा प्रमुख अतिथि रहने भएका छन् । गोविन्दाले नेपाली गीतमा आफ्नो प्रस्तुती समेत दिने बताइएको छ ।

यस अवार्डका लागि टप सेभेनसम्मको नोमिनेशन सार्वजनिक भएको छ । २०७४ सालको बैशाखदेखि चैत्र मसान्तसम्म रिलिज भएका फिल्मलाई समेटिएको यस अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट’ सहित २३ विधामा अवार्ड प्रदान गरिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७