कृष्ण अधिकारी हत्या प्रकरणका छविलालसहित १२ जनालाई सफाइ


२४ भाद्र २०७५, आईतवार
gangamaya 3052018033713


चितवन, २४ भदौ । जिल्ला अदालत चितवनले गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणका १३ प्रतिवादीमध्ये एकजनाबाहेक सबैलाई सफाइ दिइएको छ । मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको हो ।

gangamaya 3052018033713
आमा गंगामाया अधिकारी



१३ जनामध्ये एकजना रुद्र आचार्य अहिलेसम्म पक्राउ नपरेको हुँदा पछि ठहर्ने गरी अन्य १२ जनालाई सफाइ दिइएको हो । सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी लगायत रहेका छन् । अदालतले थुनामा रहेका पौडेललाई थुनामुक्त गर्न भनेको छ ।

गोरखाका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्णको २०६१ साल जेठमा चितवनमा हत्या भएको थियो । हत्या तत्कालिन माओवादीका नेताले गरेको भन्दै कृष्णका बुवा र दाजुले चितवनमा जाहेरी दिएका थिए ।

कृष्णका दाजु र बाबुले हत्याका बिरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, कारबाही नभएपछि छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशनमा बसे ।


अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो ।


कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो। आमा गंगामायाले केहीअघि अनशन तोडेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७