चुनावबारे पुरै बेखबर : के भन्छन् यी ८ कलाकार ?


२७ कार्तिक २०७४, सोमबार
kalakar chunab ratopati X3OnSE6IAu

काठमाडौं: नयाँ पुस्ताका अधिकांश कलाकारका निम्ति चुनाव नजाने गाउँको बाटै नसोध्नु सरह भएको छ । उनीहरुलाई राजनीतिप्रति सामान्य चासो पनि छैन ।kalakar chunab ratopati X3OnSE6IAu

धेरै कलाकारले अहिलेसम्म भोट हालेका छैनन् । धेरैको मतदाता नामावलीमा नाम पनि छैन । आजको अन्नपूर्ण पोस्टमा  समाचार छ ।

अनुपविक्रम शाही
खै चुनाव भनेको त सुनेको हो । कस्तो चुनाव रु त्यो चाहिँ थाहा छैन । मैले आजसम्म भोट हालेको छैन ।
बेनिशा हमाल
अभिनेत्री बेनिशा हमालले निर्णय गरिसकेकी छिन् यसपालि चुनावमा भोट नहाल्ने । उनको गृह जिल्ला चितवन हो । उनी भन्छिन्, मलाई आफ्नो ठाउँबाट को उठदैछ भन्ने पनि थाहा छैन । चुनाव नेतालाई मात्र लाग्ने हो, हामी कलाकारलाई त फिल्म लाग्छ ।
पुष्कल खड्का
चुनाव आयो रे भन्छन् । के आयो, के आयो जस्तो लाग्छ । देशमा यतिका चुनाव भए, जनताले सुख पाए त रु विकास भयो त रु त्यसैले मलाई त चुनाव नौटंकी लाग्छ ।
सलिनमान बानियाँ
म पोलिटिक्समा खासै चासो राख्दिन । कहाँ के भइरहेको छमलाइ केही थाहा छैन ।

बर्षा शिवाकोटीुसुटिङका लागि मंसीरदेखि माघसम्म उपत्यकाबाहिर हुन्छु । भोट हालेर पनि के नै हुन्छ र रु सबैजना भाषण्मा तात्तिन्छन् । काम गर्नुपर्यो भने पुरै सेलाउँछन् । के भोट हाल्नु  ?

दीपिका प्रसाईं
ऐश्वर्यकी नायिका दीपिका पनि चुनावबारे बेखबर छिन् । उनी भन्छिन् मलाई राजनीतिको क, ख ग पनि आउँदैन ।
मेनुका प्रधान
चुनाव हुँदैछ भन्ने सुनेकी छु । तर कस्तो चुनाव केही थाहा छैन ।
केकी अधिकारी
राजनीतिबारे खासै अभिरुचि नराखे पनि भोट हाल्नु नागरिकको दायित्व हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७