२९ वटा ठूला कम्पनी नै खारेज, यी हुन् खारेज भएका कम्पनी (सूचीसहित)


२५ भाद्र २०७५, सोमबार
company rajistr

काठमाडौं, २५ भदौ । कम्पनी रजिष्टारको कार्यालयले २९ वटा ठूला कम्पनी नै खारेज गरिदिएको छ ।

company rajistr

झण्डै दुई महिनाको अवधिमा यी २९ वटा कम्पनी खारेजीमा परेको कम्पनी रजिष्टारको कार्यालयले जानकारी दिएको छ । कम्पनी राजिष्टारको कार्यालयको विभिन्न समयको निर्णयले त्यस्ता कम्पनीलाई खारेजी गरेको जनाएको छ ।

कम्पनी रजिष्ट्रार भुवन हरि अर्यालले घाटामा गएका कम्पनी, मर्जमा गएका कम्पनी, दर्ता भएका तर सञ्चालन नै गर्न नसकेका कम्पनीहरु खारेजीमा गएको जानकारी दिएका छन् ।

खारेजी सम्बन्धित कम्पनीको सञ्चालक समितिको निर्णयले गर्ने र अभिलेख राख्ने काम कम्पनी रािजष्टारको कार्यालयको भएकाले सञ्चालक समितिबाट स्वीकृत भए अनुसार कम्पनी रजिष्टारको कार्यालयले खारेजी गर्ने बताएका छन् ।

उनले भने, ‘हामीले रेकर्ड मात्र राख्ने हो । खारेजीमा जान चाहनेलाई सम्बन्धित कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई स्वीकृत गर्ने हो ।’ अर्यालका अनुसार हाल कम्पनी रजिष्टारमा दर्ता भएका कम्पनी संख्या साना र ठूला गरी २ लाखको हाराहारीमा पुगेको छ ।

उद्योग व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिले कम्पनी ऐन २०६३ अनुसार प्राइभेट कम्पनी, पब्लिक कम्पनी, मुनाफा वित्तरण नगर्ने कम्पनीको रुपमा स्थापना गर्न सक्नेछ ।

यस्तै कम्पनी ऐन २०६३ को पहिलो संशोधन (२०७४) अनुसार कुनै पनि कम्पनीले खारेजीमा जान चाहेमा कम्पनीका संस्थापकले कम्पनीको कारोबार शुरु गर्न नसकेको कारण देखाएर कम्पनीको दर्ता खारेजको लागि कम्पनी रजिष्टारको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

कुनै पनि कम्पनी खारेजीमा जान चाहे सञ्चालक समितिबाट पारित भएर प्रक्रिया पु¥याएर आए सहजै खारेजीमा जान सक्ने व्यवस्था छ । निश्चित शुल्क लिएर त्यस्ता कम्पनीहरुलाई कम्पनी रजिष्टारको कार्यालयले खारेजीमा लैजाने छ । खारेजीमा जान सहज व्यवस्थाका कारण पनि पछिल्लो समय चल्न नसकेका कम्पनीहरु खारेजीमा गइरहेका छन् ।

यी हुन् खारेजीमा परेका कम्पनी 
१) शनि मिडिया
२) अक्वा इनर्जी प्रालि
३) एभरेष्ट माउन्टेन हिल्स प्रोडक्ट प्रालि
४) विराट टाइम्स एफएम प्रालि
५) रमाइलो मिडिया प्रालि
६) म्यागी गेष्ट हाउस प्रालि
७) उद्घोष नेपाल प्रालि
८) गैरआवास कम्पनी प्रालि
९) फेटा नर्सिङ होम प्रालि
१०) डबजोङ ट्राभल्स एण्ड टुर्स
११) माउन्टेन भ्याली वाटर प्रालि
१२) पाल्पा तानसेन रिसोर्ट प्रालि
१३) भवानी शंकर प्रोपर्टी प्रालि
१४) चाणक्य फाउन्डेसन प्रालि
१५) सुनकोशी भिलेज रिसोर्ट प्रालि
१६) होली बुद्ध टुरिजम प्रालि
१७) इको ह्याण्डी क्राफ्ट प्रालि
१८) सुवान मनी ट्रान्सफर प्रालि
१९) एभरेष्ट टोबाको कम्पनी
२०) पायोनियर लेदर इन्डष्ट्री
२१) नेपाल हाइड एण्ड स्किन प्रोसेसिङ प्रालि
२२) भिल्ला रेष्टुरेन्ट एण्ड बार
२३) स्टडी ग्लोबल कन्सल्टेन्सी
२४) रामचन्द्र एजुकेसन कन्सल्टेन्सी
२५) ओमेगा होराइजन प्रालि
२६) पञ्चशिल कन्स्ट्रक्सन प्रालि
२७) प्राणनाथ हर्बल प्यालेस
२८) महाकाय इन्भेष्टमेन्ट प्रालि
२९) नेपा मण्डल इन्भेष्टमेन्ट प्रालि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७