बसन्तको स्वरमा र एलिसा राईको अभिनय ‘तिमी म सँग किन रिसाउँछौ’ (भिडियोसहित)


२५ भाद्र २०७५, सोमबार
41436941 721550051527462 6357659454829232128 n

काठमाडौं, २५ भदौं ।  गायक बसन्त नाछिरिङ राईको तिमी म सँग किन रिसाउछौ बोल गितको प्युजिक भिडियो सार्बजानिक भएको छ ।

बिशुद्ध माया प्रेमलाई समेटेर बनाइएको यस भिडियोमा शब्द, रचना र सङिगत समेत बसन्त स्वयंले गरेका हुन् । निर्देशक युगल पोमोको निर्देशनमा तयार भएको यो भिडियोमा पुष्पल खड्का र एलिसा राईले उत्कृष्ट अभिनय गरेका छन् । यस भिडियोमा उत्सव दाहालको छांयाङ्न, निशान घिमिरेको सम्पादन, तेन्जु योन्जनको कोरियोग्राफी रहेको छ भने टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन् ।

तेह्रथुमे ढाका बुटिकले एलिसाको लागि र हिम बुटिकले पुष्पलको लागि ड्रेस डिजाईन गरेको यस भिडियोमा लोकेश थापाको श्रृगार रहेको छ । तिमी म सँग किन रिसाउछौ गितको म्युजिक भिडियो आज सोमबार सङ्स नेपालको युट्युव च्यानलबाट सार्बजनिक भएको छ ।

भिडियो 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७