नायिका प्रियंका कार्कीलाई झट्का, बोर्डले काट्यो यस्तो पत्र


२७ भाद्र २०७५, बुधबार
katha kathmandu 2 h4OM1liEal

काठमाडौं, २७ भदौ । चलचित्र ‘कथा काठमाण्डु’ को सार्वजनिक ट्रेलर हटाउन चलचित्र विकास बोर्डले निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

katha kathmandu 2 h4OM1liEal

भदौं २४ गते बोर्डले निर्माण कम्पनी आर. सि. पिक्चर्स प्रा. लि. र आहाना फिल्म प्रोडक्सन प्रा. लि.का नाममा पत्र लेख्दै फिल्मको युट्युबमा सार्वजनिक ट्रेलर हटाउन निर्देशन दिएको हो ।

बोर्डले पत्रमा लेखेको छ, ‘चलचित्र कथा काठमाण्डुको सामाजिक सञ्जाल युटुबमा अश्लिल दृष्यसहित प्रोमोको रुपमा प्रदर्शन भइरहेको सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ यससँगै भनिएको छ, ‘सामाजिक मर्यादामा यस्ता सामाग्रीले खलल पुग्ने देखिएकाले यथाशीघ्र चलचित्रको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेस गर्न पर्नेछ ।’

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको हस्ताक्षर रहेको पत्रमा बोर्डले निर्देशन पालना नगरे चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०२६ र एै. एै नियमावली, २०५७ (संसोधन सहित) बमोजिम आवश्यक कारबाही हुने व्यहोराको समेत जानकारी गरएको छ ।

त्रको बोधार्थ सूचना तथा सञ्चार मन्त्रालय श्रव्य– दृष्य शाखालाई समेत पठाइएको छ । बोर्डको पत्र प्राप्त गरे पश्चात यता फिल्म युनिटले एक प्रेस विज्ञप्ति सार्वजनिक गरी आपत्ति जनाएको छ ।

काठमाडौंभित्रका कथाको गहिराईसम्म पु¥याउन प्रस्तुत दृष्यमाथि फिल्म नै नहेरी बोर्डको कार्बाही गर्ने समेतको पत्रले फिल्म युनिटलाई निराश बनाएको फिल्मकी निर्देशक संगीता श्रेष्ठको भनाइ छ ।
यस्तो बोर्डको पत्र

f5b5488c 06ea 4c44 b150 3d545246218d

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७