साल्ट ट्रेडिङ कर्पाेरेशन सेवामूलक बन्नुपर्छ : मन्त्री यादव


२७ भाद्र २०७५, बुधबार
matrika yadav

काठमाडौं, २७ भदौ । साल्ट ट्रेडिङ कर्पाेरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ ।

matrika yadav

बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पाेरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरिद गरी उखु खेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पाेरेशनले जनाएको छ । कर्पाेरेशनको ५६ आैं वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।

पछिल्लो समय कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको संख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ ।

सन् १९८५ मा नेपालमा आयोडिनयुक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको संख्या ४४.२ थियो । यो संख्या सन् २००७ मा शून्यमा झरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पाेरेशनलाई आगामी दिनमा सेवामूलक संस्थाको रुपमा विकसित गर्नुपर्ने खाँचो औँल्याए ।

‘कर्पाेरेशनले आफ्नो उद्देश्यअनुसार आम जनतालाई सुपथ एवं सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ’, उनले भने । सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पाेरेशनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको वताए ।

कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विगत अगामी वडा दशै, तिहार तथा छठपर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्पmत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिइन् । कर्पाेरशनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि ७५ हजारसहित सम्मानपत्र रहेको छ ।

आश्रमका जिल्ला संयोजक रामजी अधिकारीले पुरस्कार ग्रहण गर्दै सस्थाले विभिन्न कारणले सडक पेटीमा आउन बाध्य भएका बालबालिकालाई सडकपेटीबाट उठाई सेवा गरिराखेको बताए । यस वर्षको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ अधिकृतस्तर र लक्ष्मण गजुरेल (काठमाडौँ) लाई प्रदान गरियो ।

प्रमााणपत्रसहित सो पुरस्कारको राशि क्रमशः २५ हजार र २० हजार छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरियो । सो पुरस्कारको राशि क्रमशः ३५ हजार, ३० हजार र २५ हजार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७